logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

एन आई सी एशिया बै‌क लिमिटेडको दोस्रो त्रैमासिक वित्तीय सार्वजानिक


  • जन आकाश
  • मंगलबार, माघ ७ २०७६

काठमाडौं । एन आई सी एशिया बैक लिमिटेडले चालु आ.व. २०७६÷७७ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण मिति २०७६÷१०÷७ मा सार्वजनिक गरेको छ । बैंकले चालु आ. व.को दोस्रो त्रैमाससम्म वार्षिक विन्दुगत आधारमा ३६ प्रतिशत (रु. ७७ करोड) ले वृद्धि गरी रु. २ अर्ब ९० करोड सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ । यसैगरी खुद मुनाफातर्फ वार्षिक विन्दुगत आधारमा ३३ प्रतिशत (रु. ५० करोड) को वृद्धि सहित रु. २ अर्ब १ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत वर्षको सोही अवधीको खुद मुनाफा रु. १ अर्ब ५१ करोड रहेको थियो ।



यस आ.व.को दोस्रो त्रैमाससम्ममा कर्जातर्फ रु. १५ अर्बले वृद्धि गरी रु. १६५ अर्ब र निक्षेप संकलनतर्फ रु. ६ अर्बले वृद्धि गरी रु. १८६ अर्ब पु¥याएको छ ।

बैंकले आफ्नो रणनीति अनुसार कर्जा लगानीलाई न्यून जोखिमका साना तथा मझौला कर्जा र रिटेल कर्जामा विविधिकरण गर्दै आएको छ । बैंकले कुल कर्जा लगानीको हाल ७२ प्रतिशत कर्जा यस्ता क्षेत्रमा गरेको छ । त्यसैगरी प्राथमिकता क्षेत्रमा नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम २५% कर्जा लगानी पुर्ण रुपले पालना गरेको छ । विविधिकरणकै रणनीति अनुरुप बैंकको उच्चतम दस ग्राहकहरुको कुल कर्जा बैंकको कुल कर्जाको ५ प्रतिशत भन्दा कम रहेको जनाएको छ,।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend