जन आकाश
नेपाली कांग्रेसमाथि कार्यकर्ताको आर्कोश
नाङले, डोके पार्टीहरुको बिजोग
नेपाल राष्ट्र विदेशीहरुको परेड खेल्ने मैदान बन्दै ।
यतिवेला नेकपाको सरकारले सूचना तथा प्रविधि विद्येयक विवादका बीच पनि सदनमा पेश गरेको छ । कुनै वेला राणाले सुरुवात गराएको पे्रस जगत राणाले गरेका अधिनायकवादी प्रबृति जनताले मन नपराएका कारण राणा सासनको अन्त्य गराउन यही सूचनाको प्रयोग भएको देखिन्छ ।
त्यतिवेला छापाको माध्यमवाट सूचना प्रकाशन गरी भित्ते पोष्टर पत्रपत्रिका चित्रकला प्रयोग गरि नेपालका त्यतिवेलाका बिद्रोही अहिलेका नेपाली कांग्रेस, डबल नेकपाले त्यो काम गरेको देखिन्छ । नेपालको सूचना क्षेत्रको कुरा गर्दा बिभिन्न समयमा सरकार परिवर्तनको लागि सरकार र विद्रोही दुुवैपक्षले सञ्चारको क्षेत्रलाई प्रयोग गरेको पाईन्छ ।
सरकार पक्षले २००७ सालपछि स्थापना भएको रेडियो नेपाल २०४२ सालमा स्थापना भएको नेपाल टेलिभिजन र सन १९५८ सालमा स्थापना भएको गोरखापत्र संस्थान जहिले पनि नेपालका सरकारको पक्षमा र अन्य निजी लगानीमा चलाइएका पत्रपत्रिका सरकारको बिरुद्धमा जस्ता देखिए पनि कतिपय निजी लगानीका पत्रपत्रिकाले सत्य तथ्य र नेपालीहरुको स्वतस्त्रताको अधिकारलाई उजागर गदै आएका छन् ।
हुनत नेपालको पत्रकारिताको बिकाश भारतमा बसेर राणा शासनको बिरुद्ध प्रचा फल्ने समाचार बनाएर हौवा चलाउने अभियाँन वाट शुरु भएको देखिन्छ । त्यसैलाई २००७ सालको प्रजातन्त्र स्थापना पछि संस्थागत गरेर सरकारको मातहतमा ति सञ्चार माध्यमहरुलाई ल्याई सरकारको पक्षमा काम गर्न लगाईएको छ । त्यसको निरन्तरता आज सम्म छदैछ ।
त्यो सँगसँगै त्यतिवेला तिनै नेताहरुले सिकाएको सरकारबिरुद्ध हौवा फैलाउने प्रचार प्रसार गर्ने तरिका भने प्रजातन्त्र सथापना पछि पनि निजी लगानीका पत्रपत्रिकाले आफ्नो आफ्नो पार्टीको बचाउको लागि प्रयोग गरेको देखिन्छ । त्यही संस्कारवाट बढेको र्हुर्केको तप्काहरुले नै आज पनि मिडियाँ क्षेत्रमा जरा गाडेर बसेका छन् । केही अपवादमा साना लगानीका मिडियाँ जो कुनै न कुनै पार्टीको सदस्य भएपनि अफुलाई स्वतन्त्र पत्रकारिताको छातामा अड्याउन प¥यत्नरत छन् । तिनिहरुको हरिबिजोग हुने गरेको छ । यत्तापर्टी भने कसैको ध्यान गएको देखिदैन ।
नेपालको राजधानी काठमाडौंमा दैनिक झण्डै २० देखि ३० वटा पत्रकार सम्मेलन हुन्छन् । त्याहा हुने उपस्थितिले पनि नेपालको पत्रकारिताको झल्को दिन्छ नै तर पछिल्लो समय पार्टी पत्रकारिता बढ्दो स्वतन्त्र पत्रकारिता मर्दो अवस्थामा पुगेको छ । त्यसमाथि अहिलेको नेकपाको सरकारले सूचना तथा प्रविधि विद्येयक ल्याए श्री २ महाराजहरुको बढाई चढाई गर्ने पार्टी पत्रकारिता मात्र बचाउने र अन्य स्वतन्त्र पत्रकारहरुलाई सदाको लागि नेपाली पत्रकारिता क्षेत्रवाट समाप्त गर्ने उदेश्य राखेर ल्याउन खोजिएको देखिन्छ ।
त्यो नेपाल देशको हितको लागि नभएर नेपाललाई सिक्किमीकरण गराउन कसैले बिरोध नगरुण भनेर ल्याउन खोजिएको विभिन्न क्षेत्रका विज्ञहरुले आपत्ति जनाई सकेका छन् । त्यस्तै प्रयोग ३ न. प्रदेशको राजधानी तोक्ने बिषयमा लगाएको हुईप पनि अभ्याश गरेको देखिन्छ । अहिलेको दुईतिहाईको सरकारले उक्त विद्येयक पास गर्ने गरी काम थालिसकेको हुनाले श्री २ महाराज केपि पिके हरुको अगाडी स्वतन्त्र पत्रकारिताको सेतो पन्नमा अव जनताका आवाजहरु छापिने छैनान् । पत्रपत्रिकामा समाचार लेखेको आधारमा जो कसैले मेरो मान मर्दन भयो भनेर उजुरी गर्ने बित्तिक्कै पत्रकारको हातमा हतकडी लगाइने छ र १५ लाँख सम्म जरिवाना गराईने छ उक्त बिद्येयकमा उल्लेख भएका कुरा बाहिर आएका छन् । यो खवर आउनु नै नेपाली पत्रकारिताको लागि निक्कै दुखःद हो र श्री २ महाराजहरुको जनतालाई दमण गरेर लैजाने नियत भन्न सकिन्छ ।
नेपाली कांग्रेसप्रति कार्यकर्ताको आर्कोश
नेपालको लोकतान्त्रिक मानिएको नेपाली कांग्रेस २०७४ को प्रदेश र प्रतिनिधिसभा पछि दोस्रो ठुलो पार्टीको रुपमा र प्रतिपक्षीको भुमिका छ । तर डबल नेकपाले गरेका जनबिरोधि कार्यहरुको बिरुद्धमा काही केही चु सम्म पनि गर्न सकेको छैन । त्यसैले नेपाली कांग्रेसका कार्यकर्ताहरुले नेतृत्वप्रति आर्कोश पोख्न थालेका छन् ।
नाङले डोके पार्टीहरुको त बिजोग भइ नै सक्यो
नेपालमा साना पार्टीहरुलाइ रोक्नको लागि ल्याइएको सिन्डिकेटले नाङले डोके पार्टी खोलेर एनजिओ जस्तै गरी पार्टीको नाममा धनाढ्यहरुलाई पैशा लिएर बिदेशमा घुम्न पठाउनेहरुको यतिवेला बिजोग भइरहेको छ । भ्यागुताको धार्नी नपुगे जस्तै कसै गरेपनि कार्यकर्ता निर्माण गर्न नसक्ने । राम्रै बिषय बस्तु उठाए पनि सरकारले नटेर्ने, आन्दोलनका निम्ति जनशक्ति अभाव हुने र सधै नेता बनिरहनका लागि पार्टी खोलेकाहरुको स्रोत साधन प्र¥याप्त नहुदा नाङले डोके पार्टी कार्यलयहरु दिनभरी घाम तापेर दिन काट्दै गरेको देख्न सकिन्छ । तिनिहरुले पनि श्री २ महाराजहरुको बिरुद्धमा केही गर्न सक्ने देखिदैन ।
नेपाल राष्ट्र सधै असंलग्न निति अख्तियार गरेर आफ्नो स्वतन्त्रतालाई बचाई राख्न सफल थियो पछिल्लो घटनाले नेपाल यो वा त्यो बाहानमा बिदेशी सैनिकहरुको खेल मैदान बन्न थालेको नागरिकहरुले महसुस गरेका देखिन्छन् । कहिले चाइनाको प्रभाव भन्छन् कहिले भारतको प्रभाव भन्छन् । कहिले अमेरिकाको प्रभावले नेपालमा कुनै पनि बेला बिदेशी सेना नेपालमा भित्रन सक्छ भनेर चिन्ता गर्न थालिएको छ । यतिवेला श्री २ महाराजहरुले सोच विचार गरेर अगाडी नबढ्ने हो भने जनताले भनेको जस्तै बिदेशी सेनाले नेपालम परेड खेल्न बेर लगाउने छैन ।
न त्यस्तै गराउन को लागि पो यो सूचना तथा प्रविधि बिद्येयक ल्याउन खोजिएको हो गम्भिर भएर सोच्नु पर्ने बेला आएको सञ्चारकर्मीहरुको भनाइ आइरहेको छ । यदि त्यस्तै हो भने नेपाली जनता नै स्वत स्फुर्त सडकमा निस्कन ढिला गर्नु हुदैन ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend