logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

तामाङहरुको सोनाम ल्होछार टुडिखेलमा आज सम्पन्न हुदै


  • जन आकाश
  • आइतबार, माघ १२ २०७६

 



काठमाडौँ । तामाङ समुदायको महत्वपुर्ण पर्व शुक्रवारवाट शुरुभइ आज सम्म हुदैछ ।हिजो तामझामका साथ उदघाटन गरिएको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथि आउने भनिएता पनि ३ न. प्रदेशका तामाङहरुले ३ न. प्रदेशको राजधानी हेटौडामा राखेको बिषयलाई चर्को बिरोध गर्ने ठानेर राष्ट्रपति आउने कार्यक्रम स्थगन भएको थियो त्यसकारण लामा, बोन्बो र ताम्बाद्वारा कार्यक्रमको उद्घाटन गरेको थियो ।

माघ शुक्ल प्रतिपदाका दिन मनाइने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व हिजो विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

मञ्जु श्री पात्रोअनुसार हिजोदेखि २८५६ औँ वर्ष शुरु हुन्छ । आजदेखि सुँगुर वर्ष पूरा गरी मुसा वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइने गरेको तामाङ समुदायले बताउने गरेका छन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीका नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले जानकारी दिए । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ । शनिबार मनाइने पर्वका अवसरमा वाग्मती प्रदेशले शुक्रबार नै प्रदेशभर सार्वजनिक बिदा दिएको थियो ।
यसै अवसरमा नेपाल तामाङ घेदुङलगायत संस्थाले टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गर्दै ल्होसार मनाएको छ । कार्यक्रममा तामाङ समूदायका बालबालिका, युवायुवती र वृद्धवृद्धासँगै सँगै अन्य समूदायका मानिहरुसमेत सहभागी भएको देखिन्थ्यो । अधिकांश सहभागीहरु तामाङ पहिरनमा सजिएका थिए ।
आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामले बाग्मती प्रदेशलाई नेवा(ताम्सलाीङ घोषणा नगरेसम्म बाग्मती प्रदेश स्वीकार नगर्ने उद्घोष गरेका छन् भने बाग्मती प्रदेशसभाका सदस्य पेमा लामाले नेवा(ताम्सलीङ प्रदेशका लागि जस्तो सुकै लडाइ लड्नु परेता पनि पछि नहट्ने र नेवा(ताम्सलिङ घोषणा गरेर नै छाड्ने घोषणा गरेका छन् ।
ल्होछार मुल आयोजक कमिटीले पार्टी निकटका कुनै पनि नेता तथा साँसदहरूलाई बोलाएको पाएन । कार्यक्रममा बाग्मती प्रदेशको राजधानी हेटौडा र नाम परिवर्तन हुनु पर्ने माग गर्दै केपी ओलि सरकारलाई बारम्बर गाली गर्ने काम मात्र भएको थियो ।
आउदा दिनमा नेकपालाई ३ न. प्रदेशको राजधानी हेटौडामा पु¥याएको बिषयले नराम्रो धक्का दिने सम्भावना देखिदै गएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend