logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

सरकारले महिला उद्यमीहरुको राष्ट्रिय भेला गर्छ मन्त्री गुरुङ


  • जन आकाश
  • सोमबार, माघ १३ २०७६

काठमाडाै । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले महिलाहरुलाई आर्थिक रुपमा सशक्त बनाउने उद्देश्यका साथ सो भेला आयोजना गर्ने घोषणा गर्नु भएको हो । आईतबार काठमाडौंमा आयोजित ‘महिला उद्यमीहरुको राष्ट्रिय सम्मेलन’ को उद्घाटन गर्दैैं उहाँले ग्रामिण क्षेत्रमा महिलाहरुलाई आर्थिक रुपमा सबल बनाउने गरी आवश्यक नीति र कार्यक्रम तय गर्ने उद्देश्यका साथ सबै स्थानीय तह र जिल्लाहरुका महिला उद्यमीहरुको राष्ट्रिय भेला गर्न लागिएको पनि स्पष्ट पार्नु भयो । ‘महिलाहरुलाई आर्थिक रुपमा सबल बनाउन नयाँ नीति र कार्यक्रमको आवश्यक्ता छ,’ मन्त्री गुरुङले भन्नु भयो, ‘ग्रामिण क्षेत्रका महिलाहरुलाई आर्थिक रुपमा सशक्त बनाउन सरकारले चालू आर्थिक वर्ष भित्रै उद्यमी महिलाहरुको राष्ट्रिय भेला आयोजना गरी आवश्यक ठोस नीति तय गर्नेछ ।’ उहाँले महिला सशक्तिकरणको क्षेत्रमा काम गर्ने संघ, संस्थाहरुलाई पनि ग्रामिण क्षेत्रका महिलाहरुलाई आर्थिक रुपमा सबल बनाउने गरी काम गर्न सचेत गराउनु भयो ।
मन्त्री गुरुङले उद्यमशीलताको माध्यामबाट महिलाहरुको आर्थिक सशक्तिकरणमा लाग्ने संघ, संस्थाहरुसँग सहकार्य गरेर अघि बढन सरकार तयार रहेको पनि बताउनु भयो । उहाँले महिलाहरुलाई उद्यमशील बनाउने वातावरण तय हुनेगरी ऐन, कानुन संशोधन गर्ने प्रतिवद्धता पनि जनाउनु भयो । हाल संचालनमा रहेका संघ, संस्थाहरुले महिला सशक्तिकरणको क्षेत्रमा काम गरेपनि त्यसले अपेक्षित नतिजा नदिएकाले सरकारले नयाँ ढगबाट काम गर्न चाहेको मन्त्री गुरुङको भनाई थियो ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend