जन आकाश
महालक्ष्मी विकास बैंक लि. ले आफ्ना ग्राहकहरुका लागि गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकसँग मिति २०७६÷१०÷१३ गते आर. टि. जि. एस प्रणालीसँग सम्बन्धित समझदारी पत्रमा हस्ताक्षर गरेको छ । उक्त सम्झौता पश्चात ग्राहकहरुले (RTGS) बाट कारोबार गर्दा वास्तविक समयमा नै कारोबारहरु फस्र्यौट हुने हुदा बैंकको भुक्तानी प्रणालीमा थप सहजता आउने बैंकले जनाएको छ । उक्त सम्झौतापत्रमा नेपाल राष्ट्र बैंकका तर्फबाट भुक्तानी प्रणली विभागका कार्यकारी निर्देशक रेवती प्रसाद नेपाल र महालक्ष्मी विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले हस्ताक्षर गर्नु भएको हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend