logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

काभ्रेको तेमालमा वेबारिसे महिलाको लाश भेटियो


  • जन आकाश
  • बुधबार, माघ १५ २०७६

 



काभ्रे ।काभे्रको तेमाल गाउँपालिका वडा नं ६ ठुलो पर्सेल र वडा नं ७ चापाखोरीको सिमाना रहेको गिद्धे खोलामा एक वेबारिसे महिलाको लाश भेटिएको छ ।
स्थानीय युवाहरू बोहरे दोभान ठुलो पर्सेल तित्तेरेटार माम्दी सडक खण्डको निर्माणधिन सडक खण्डको कार्य भइरहेको उक्त स्थानमा पहिचान हुन नसकेको वेबारीसे लाश भेटेको स्थानीयवाट जानकारी प्रप्त भएको छ ।
वडा नं ६ ठुलो पर्सेलका वडा अध्यक्ष विकुलाल तामाङ मोक्तानका अनुसार हालसम्म लाशको पहिचान बाँकी नै रहेको, अहिले पचुवारघाट र नारायणस्थान पोखरीका प्रहरीहरूको रहोभरमा उक्त स्थानमा सुरक्षा व्यवस्था गरेको उनले बताएका छन् ।
घटनाका सत्य तथ्य पत्ता लगाउनका लागि अनुसन्धान टोली सहित काभ्रे जिल्ला प्रहरी कार्यलयका टोली, मंगलटार प्रहरी चौकी र कात्तिके देउराली प्रहरी चौकीका टोली आउदै गरेको पनि उहाँले जानकारी दिनुभएको छ । तर लास निक्कै पुरानो भएको हुनाले एकिन हुन नसकेको त्यहाको स्थानीयहररुको भनाइ आएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend