logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

सिटी एक्सप्रेस मनी ट्रान्सफरको कारोबारमा उपहारै उपहार


  • जन आकाश
  • शुक्रबार, माघ १७ २०७६

काठमाडाैँ । सिटी एक्सप्रेस मनी ट्रान्सफर र साउदी अरबको बैंक अलबिलाद –एन्जाजको संयुक्त सहकार्यमा साउदीमा रहेका नेपाली उपभोक्ताहरु लाई विभिन्न उपहारहरु को योजना सार्वजनिक गरेको सिटी एक्सप्रेसले जनाएको छ । त्यो योजना एन्जाज च्यानल र बैंक अल्बिलादको इ–च्यानल –अल्बिलाद मोबाइल एप , अल्बिलाद नेट , अल्बिलाद ए. टि. एम .,एन्जाज सेल्फ –सर्भिस मेसिन ,एनजाजपि.ओ.एस.,एन्जाज सेन्टर) मा उपलब्ध रहेको जनाएको छ ।
सो योजना अन्तर्गत ६ जना भाग्यशाली बिजेताहरुले निशुल्क हवाई टिकट (विश्वको जुन सुकै ठाउँ ), २४ जनाले ५ ग्राम सुनका सिक्का , ४५ जना ले सिटी म्याक्स को सपिङ भउचर र अन्य आर्कषक पुरस्कारहरु जित्न सक्नेछन् भनि सिटीले जनाएको हो । यो योजना ३ महिनाको लागि( जनवरी ३० देखी अप्रिल ३०) सम्म लागु हुनेछ । सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १३ बर्ष देखि विश्व भरी आफ्नो रेमिटान्स सुविधा दिदै आइरहेको छ । एन्जाज र सिटि एक्सप्रेस बिच २०१७ देखि कारोवार सुचारु हुदै आइरहेको छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend