जन आकाश
काठमाडै । महालक्ष्मी विकास बैंक लि.को कालिमाटी शाखाले मिति २०७६÷१०÷१०गते शुक्रबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा क्यु म्यानेजमेन्ट उपकरण जडान गरेको छ । उक्त उपकरण अस्पतालको ८६औं वार्षिकोत्सव समारोहका बिच समारोहका प्रमुख अतिथि तथा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावल ले उद्घाटन गर्नु भएको थियो । अस्पतालमा उपचारका लागि आउने बिरामी तथा बिरामी कुरुवाहरुलाई सरुवा रोगहरु सर्नसक्ने उच्च सम्भावना देखिएको हुँदा उक्त सम्भावना न्युनीकरण गर्ने उद्देश्य सहित बैंकले क्यु म्यानेजमेन्ट उपकरण जडान गरेको बैकले जानकारी दिएको छ ।
देशका १०२ वटा शाखाहरुबाट बैंकिङ्ग सेवाप्रदानगर्दै आएको महालक्ष्मी विकास बैंक लि. ले आगामी दिनहरुमा शुक्रराज अस्पतालसँग समन्वय गरी संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्यसँग सम्बन्धीत विभिन्न कार्यक्रमहरु गर्दै जान ेप्रतिबद्घता पनि कार्यक्रममा जानकारी दिएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend