logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

डबल नेकपाको बैठक आज सकिने


  • जन आकाश
  • आइतबार, माघ १९ २०७६

 



काठमाडौं । सत्तारूढ डबल नेकपा को केन्द्रीय कमिटी बैठकमा दुवै अध्यक्ष र महासचिवले जवाफ दिएपछि आइतबार समापन हुँदैछ । चार दिनदेखि जारी बैठकको अन्तिम दिन अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलले केन्द्रीय सदस्यहरुका प्रश्नको जवाफ दिने र प्रधानमन्त्री समेत रहेका र पार्टीको अध्यक्ष पनि रहेका केपी शर्मा ओलीले स्रम्बोधन गरेसगै केन्द्रीय कमिटीको बैठक समापन हुने छ ।

१५ वटा विभिन्न समूहबाट राजनीतिक प्रतिवेदन तथा संगठनात्मक पतिवेदनका साथै विधान संशोधन प्रस्तावमाथि आएका सुझाव र प्रश्नहरूबारे प्रचण्ड र विष्णु पौडेलले विस्तृतमा जवाफ दिनेछन् । केन्द्रीय कमिटी बैठकले विभिन्न प्रस्तावहरू पारित गर्नेछ ।
यसैबीच, बैठकअघि केन्द्रीय कमिटीमा उठेका प्रश्नबारेमा छलफल गर्न अध्यक्ष प्रचण्ड बालुवाटार पुग्नु भएको छ ।
किन पुगे प्रचण्ड बालुवाटार
डबल नेकपामा पार्टी एकीकरणपछि पनि आफ्नो आफ्नो जोडघटाउ चलिरहेको हुनाले प्रचण्ड र ओलि बीच बेला बेलामा देखिने अस्वभाविक भेटघाटले डबल नेकपालाई अप्रत्यासित र अपत्यरिलो निर्णय गराउने गर्दछन् । आजको बैठकमा पनि नसोचेको र कल्पना नगरेको निर्णयको लागि छलफल भएको हुनसक्ने अनुमान लगाउन सकिन्छ ।
तर बालुवाटार स्रोतले चै समान धारणा लैजानको लागि भेटघात भएको जनाएको छ ।

बैठकमा एमसीसी पारित गर्ने बिषयका प्रधानमन्त्री र प्रचण्डको साठगाठ पहिला देखि नै भएपनि पार्टीका केही नेताहरुले यस बिषयलाई जोडतोडको साथ बिरोध भएको हुनाले त्यस बिषयमा हुइप लगाउने र पास गर्ने बिषयमा पनि छलफल भएको अनुमान लगाउन सकिन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend