logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

महालक्ष्मी बैकले ग्रहकलाई शुल्क फिर्ता दियो


  • जन आकाश
  • सोमबार, माघ २० २०७६

काठमाडाै । महालक्ष्मी विकास बैंक लि. ले गुणस्तरीय सेवाप्रदान गरी ग्राहक सन्तुष्टि अभिवृद्घि गर्ने उद्देश्य सहित महालक्ष्मी उद्यमशील कर्जा योजना अन्तर्गत नियमित रुपमा कर्जाको किस्ता÷ब्याज भुक्तानी गर्ने ग्राहकहरुलाई प्रशासनिक शुल्क फिर्ता गरेको छ । ग्राहकहरुले नियमित रुपमा कर्जाको किस्ता÷ब्याज भुक्तानी गरेर देखाएको इमान्दारीताको कदर स्वरुप बैंकले उक्त शुल्क फिर्ता गरेको हो ।बैंकले प्रदान गरेको उक्त सुविधाबाट यस आर्थिक बर्षको असोज मसान्तसम्म करिब ६० जना ग्राहक लाभान्वित हुन सफल भएकाछन् । आगामीदिनहरुमा समेत कर्जाको किस्ता÷ब्याज नियमित भुक्तानी गर्ने ग्राहकहरुलाई संस्थाको नियमानुसार प्रशासनिक शुल्क फिर्ता गर्दै जाने बंैकले जनाएको छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend