logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

राजनीतिक पार्टीहरु चर्चामा

देश सधै अन्यौलमा


  • जन आकाश
  • मंगलबार, माघ २१ २०७६

काग्रेसले गरेको मनोनयनको चर्चा
डबल नेकपाको केन्द्रीय कमिटीको बैठकको चर्चा
भुरे टाकुरे पार्टीहरुको बजारम छरिका पर्चा
देशका लागि लेखिएको काम केही नदेखिएको
हाम्रो देश नेपालमा नेपालको उन्नति प्रगति नेपालीहरुको हित कसरी हुन्छ र राष्ट्रिय नीतिहरु दिर्धकालीन रुपमा नेपाल र नेपालीहरुको पक्षमा बनाउन सकिन्छ भनेर सोच बनाइ बिज्ञहरु राखेर कुनै पनि पार्टीहरुले सरकारमा पुग्दा होस वा सरकारभन्दा बाहिर हुदा नै किन नहोस त्यस्तो खालका योजना हालसम्म कुनै पनि पार्टीहरुले बनाएको देखिएको छैन ।
चाहे त्यो ठुलो भनिएको डबल नेकपा होस वा बिगतमा प्रजातन्त्र स्थापना पछि धेरै शासन संचालन गर्ने अवसर पाएको नेपाली कांग्रेस होस वा भुरे टाकुरे पार्टीको प्रमुखको खम्वा समातेर बसेका निर्वाचन आयोगमा दर्ता भएकाहरु वा कुनै बैधानिक नलिएका तर देश र जनता भन्दै देशका भौतिक संरचना भत्काउन र नेपाली नागरिकहरुलाई आताङकीत पादै उनिहरुले गरेको माग पुरा नभए आफ्नै देशका नागरिकहरु समेत मार्न तल्लीन रहेका पार्टी यावत विभिन्न खाले दशतिर मुख फर्काएका सयौथरी पार्टीहरुको कार्यक्रमले प्रथामिकता पाउने तर नेपाल देशको दिर्धकालीन हित नेपालीमुखी अभियाँन, योजना भने सधै अन्यौलम रहिराख्नले नेपालको उन्नति प्रगति भगवान भरोसामा चलिरहेको छ ।
नेपालका सञ्चार माध्यममा समेत नेपाल देशको भुगोल त्यहाको अवस्था नेपालका बिबिध खालका भौगोलिक क्षेत्रहरुमा फरक फरक खालको हावापानी वातावरण र फरक फरक खालको बनोटका कारण फरक फरक तरिकाले मानवीय सोचलाई समेत समेटेर समग्र नेपालीहरुको हितको लागि र नेपाल देशको प्रगतिको लागि के गर्न सकिन्छ भनि तथ्याङ लिने त्याहाका स्थानियको अनुभवलाई आधार बनाउने र त्यसको आधारमा नेपालको वास्ताविकतालाई उजागर गर्नु पदथ्यो त्यो नेपालका स्वर्निभर पत्रपत्रिकाले त्यो काम गरेको भएपनि ठुला भनिएका सञ्चार माध्यमले पार्टीहरुको कार्यक्रमलाई नै प्रथामिकतामा राखेर काम गरिरहेका छन् ।
जसले गर्दा नेपालको दिर्धकालीन बिकाशका लागि दवाव सृर्जना हुन सकेको छैन

एकातिर भने पार्टीले गरेका निर्णय प्रथामिकतामा राखेर प्रचार प्रसार गर्ने सञ्चार माध्यमहरु पार्टीका मुखपत्र जस्ता देखिन्छन् । तिनै सञ्चारमाध्यमहरु राष्ट्रियस्तरको मान्यता पाइराखेका छन् । त्यही पार्टीको मुखपत्र जस्तो बनाएर चलाएका सञ्चार माध्यमहरुले अहिले पछिल्लो समयमा प्रवाह गरेका समाचार पनि त्यही खालका देखिन्छन् । नेपाली कांग्रेसले गरेको नेपाल बिद्यार्थी संघमा गरेको नियुक्ति, डबल नेकपाको दोस्रो केन्द्रीय बैठक, राप्रपा संयुक्त र राप्रपा बीचको एकताको छलफल, भुरे टाकुरेहरुले दिनहु गर्ने गरेको भेला छर्ने गरेको पर्चाको निक्कै चर्चा हुने गरेको छ । प्रचामा देशको लागि लेखिएको भएपनि काम भने केही गरेको देखिएको छैन । खाली उनीहरुका पर्चामा बिरोध मात्र भेटिन्छ । दैनिक काठमाडौको चोकमा बिरोध गरेर समय खेर फाल्नुभन्दा गाउँ गाउँमा सक्रीय जनशपिक्त नहुदा बुढाबुढी आमा बुबाहरु सकी नसकी काम गरिरहेका छन् तिनिहरुको लागि सेवा गर्ने आट लिने हो भने ति भुरे टाकुरेहरु पनि ठुला पार्टीमा रुपान्तरण भई राष्ट्रिय पार्टीमा आउन सक्थे होलान् ।
देशका भौतिक पुर्वधारहरु समयमा किन बनेन् नबन्नुका कारणहरु के के हुन् । नेपालीहरुले गाउ छोडेर शहर शहरमा भएकाहरु बिदेश किन गइरहेका छन् । नेपालमा अमुल्य जडिबुटी भइकन पनि बिश्व कै सस्तो मुल्यमा प्रप्त गर्नु पर्ने औषधि सवैभन्दा महगोमा किनेर खानुपर्ने अवस्था किन आईरहेकोे छ । समयमा उपचार नपाएर मर्नेको संख्या एकिन गर्न किन सकिरहेका छैनान् । बेवारिसे लासहरु भेटिन थालेका छन् यस्तो किन भइरहेको छ । नेपालका दुर दराजमा रहेका नेपालीहरुको पीडा बिसाउने ठाउँ काहा हो । जवकी स्थानीय अधिकार प्रप्त निकायले आफ्नो मनोमानी ढंङगले विगतमा पार्टी फरक भएको कारण स्थानीय जनतालाई दुखः दिने कामहरु भईरहेको छ त्यसको उपचार किन खोजिदैन । नेपालको भुमि भारतले आफ्नो नक्सामा पारेको कालापानीको बिषयमा अलि अलि कुरा उठेको भएपनि समग्रमा त्यसको सावधान अपनाउने तरिका बनेको देखिएको छैन ।
यसरी सानादेखि ठुला देशका समस्या भन्दा पार्टीका चर्चा र प्रचार भएको देखिन्छ । नेताको झोला बोक्ने, चाकरी गर्ने नै पार्टीको अवसर पाउने र राजनीतिक पार्टी भनेको पार्टी नेतृत्व भनेको मालिक र कार्यकर्ता चै नोकर जस्तो भएर काम गर्ने सक्षम र दक्ष भएका युवा पुस्ताहरुले अवसरवाट बञ्चित हुनुपर्ने र सधै अयोग्यहरुले देश चलाइरहने परिपाटीको बिकाशले नेपालको हित गरेको देखिदैन ।



त्यसकारण नेपालको हित र उन्नतिको लागि राष्ट्रिय हित भनेको के हो भन्ने बिषयमा आम युवा पुस्तालाई चेतना जागरुक गराएर स्वतन्त्र नागरिकले पनि स्वतन्त्र ढंङगवाट ब्यापार, ब्यवसाय चलाएर आम्दानी गर्न सक्छन् । उनिहरु पनि बिज्ञ हुन्छन् तिनिहरुको पनि सल्लाह लिन सकिन्छ । योग्य दक्ष भएका देशका सवै नागरिकहरुको कदर गर्ने वातावरण जवसम्म बन्न सक्दैन र सधै पार्टीकरण गरेर हरेक क्षेत्रलाई नयाँ दासी बनाउन खोजिन्छ । त्यस्तो आवस्थामा कुनै पनि देशमा बिकाश हुदैन । नेपालले बिकाश गर्नको लागि यि माथिका बिगारेका बानीहरु सुधारेर काम गर्नुपर्छ तकी आउदो दिनमा हाम्रा भावी पुस्ताले गर्व गर्ने अवसर प्रप्त होस् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend