logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

तेमाल गाउँपालिका वडा नं ६को आखाँ शिविर सम्पन्न


  • जन आकाश
  • मंगलबार, माघ २१ २०७६

काभ्रे । तेमाल गाउँपालिका वडा नं ६ ठुलो पर्सेलको आयोजनामा सञ्चालित ३ दिने निशुल्क आखा शिविरमा आएका जो कोही पनि निराशा भएर जानु परेन । वडा अध्यक्ष विकुलाल तामाङ मोक्तानका अनुसार ३ दिनको आखाँ शिविरमा २१४ जनाको निशुल्क चेक जाँच गरेकोमा ५५ जनाको निशुल्क आखाँको सफल अप्रेशन भएको थियो । ५५ जनाको मेजर अप्रेशन मध्य ९ जनाको दुबै आखाँको अप्रेशन गर्न सफल भएको हो ।



मनोज एशोसिएशन फ्रान्स, मुटु फाउन्डेशनका अध्यक्ष धनबहादुर गुरूङ साथमा नेपालअस्पताल त्रिपुरेश्वरको सहयोगमा ३ दिने निशुल्क आँखा शिविर सञ्चालन गर्न सफल भएको वडा अध्यक्ष विकुलाल तामाङ मोक्तानले जानकारी दिएका हुन् ।

सिन्धुली जिल्ला, रामेछाप लगाएतका जिल्लाबाट निशुल्क आँखा चेक जाँचका लागि विरामीहरू आएका थिए ।

सुनकोशी गाउँपालिका वडा नं १ सिन्धुलीका ६२ वर्षे साइली तामाङ नाती र छोरीको साहारामा ठुलो पर्सेलमा सञ्चालित आँखा शिविरमा चेकजाँचका गर्न आउनु भएको थियो । ६२ बर्षिया तामाङको दुवै आँखा देख्न सक्दिन थिइन। उनले पुनः यो संसार देख्न पाउँछु भन्ने आश मारिसकेको थिइन । तर डा. कमल खड्का उनका लागि भगवान भएर आए । माघ १७ गते डा. कमल खड्काको टोली करिव आधा घन्टाको समयमा साइली तामाङको आँखाको अप्रेशन गर्न सफल हुनुभयो ।
अहिले साइली तामङले पुनः यो संसार हेर्न पाउनुभएको छ । सँगै आएका नाति र छोरीलाइ हेर्दै उनले खुशीको आशु झार्नुभयो र डा. कमल खड्कालाइ धन्यवाद दिनुभयो ।
तपाइ मेरो भगवान हो । आज मैले भगवानको दर्शन गर्न पाए । साइली तामाङले यसो भनिरहदा त्यहाँ उपस्थीत सबैको आँखा मा खुशीको आशु रसाएका थिए ।

ठुलो पर्सेल स्वास्थ्य चौकीमा संचालित निशुल्क आँखा शिविरमा साइली तामाङ जस्तै ५५ जना बृद्ध बा आमाले यो संसार हेर्न पाएका थिए ।

वडा अध्यक्ष विकुलाल तामाङ मोक्तान भन्नु हुन्छ मनमा खुशी त्यसबेला हुँदो रहेछ जब वडाले गरेको कामको परिणाम आउदा । अहिले म धेरै खुशी छु । रामेछाप, सिन्धुली देखिका बा, आमाहरू यहाँ उपस्थित हुनुहुन्छ । उहाँहरूले पुनः यो संसार देख्न पाउनुभएको छ । यो भन्दा खुशी अरू के हुन सक्छ यहाँ चेकजाँचका लागि आउनु भएका सबैका लागि निशुल्क औषधी र चश्मा विरण गरेका छौ । विशेष त डा. कमल खड्का र मनोज एशोसिएशन तथा मुटु फाउन्डेशनका अध्यक्ष धन बहादुर गुरूङलाइ धन्यवाद दिन चाहन्छु भन्दै सहयोगी संस्था र डाक्टर खड्कालाई हार्दिकता ब्याक्त गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend