logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

बैंक अफ काठमाण्डूसिद्धार्थ विजनेश गु्रप बीच सम्झौता


  • जन आकाश
  • मंगलबार, माघ २१ २०७६

काठमाडौ बैंक अफ काठमाण्डूका ग्राहक महानुभावहरुलाई सिद्धार्थ विजनेश गु्रप अफ हस्पिटालिटी प्रा. लि. को सिमित सेवा प्रयोग वापत बिओकेको मोबाईल बैंकिङ्ग र डेबिट तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा ग्राहक महानुभावहरुलाई १०% को छुट उपलब्ध गराउने सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकका कार्ड विभाग प्रमुख अमर राजभण्डारी र सिद्धार्थ गु्रपका ब्यापार विभागका निर्देशक प्रभाकर खडकाले मिति २०७६÷१०÷२० गते हस्ताक्षर गर्नुभयो । यस सम्झौता पश्चात् सिद्धार्थ विजनेश गु्रप अफ हस्पिटालिटी प्रा. लि.को ६ होटल, ३ रिसोट, ५ रेस्टुरेन्ट तथा ५ क्याफेहरुमा छुट उपलब्ध हुनेछ ।
हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको बैकले जनाएको छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend