logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

कामना सेवाकोे ११८ औं शाखा सञ्चालनमा


  • जन आकाश
  • मंगलबार, माघ २१ २०७६

 



रुपन्देही । कामना सेवा विकास बैंकले प्रदेश नं. ५ अन्तर्गत बुटवल उपनगरपालिका वडा नं. ११, रुपन्देही जिल्लास्थित होराइजन चोकमा यही २१ गते आफ्नो ११८औ शाखा कार्यालय स्थापना गरी ११८ औ शाखा खोल्न सफल भएको छ । प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिलागिरी र बैंकका सञ्चालक भिम प्रसाद तुलाचनले संयुक्त रmपमा उदघाटन गरी कार्य संचालन भएको हो ।
काठमाडौं –३०, ज्ञानेश्वरमा आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा यो शाखा सहित ११८ वटा शाखा कार्यालयहरु तथा ६२ वटा ATM मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्ने भएको छ । साथै बैंकले ABBS, Internet Banking, Mobile Banking V5 लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको छ समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको कार्यक्रममा जानकारी दिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend