logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

प्रभु बैंकको धर्मस्थलीमा पनि शाखा


  • जन आकाश
  • बुधबार, माघ २२ २०७६

काठमाडौं । प्रभु बैंक लिमिटेडले २० गतेदेखि काठमाण्डौं जिल्लाको तारकेश्वर नगरपालिका वडा नं. ०८ स्थित धर्मस्थलीमा पनि शाखा विस्तार गरेर २०७ औं शाखा पुर्याई सेवा प्रर्वाह गर्न थालिसकेको छ । उक्त शाखाको तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर वोहोराले विहान १०ः०० बजे गर्नु भएको थियो ।
बैंकको धर्मस्थलीमा शाखा कार्यालयको उदघाटन गर्दै प्रमुख अतिथी रामेश्वर वोहोराले प्रभु बैंकले व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको तथा प्रभु बैंकको यो अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउदै बैंकलाई सफलताको शुभकामना दिनुभएको थियो । बैंकका धर्मस्थली दशाखा कार्यालय उदघाटनमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
धर्मस्थली शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुने भएकोले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकासमा अभिवृद्घि भई स्थानीयस्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा धर्मस्थली शाखा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बैकका प्रमुख कार्यकारी अधिकृत अशोक सेरचनले कार्यक्रमलाई सम्बोधन गर्दै भन्नुभएको थियो ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend