जन आकाश
काठमाडाै माछापुछ्रे बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको माछापुछ्रे क्यापिटल लिमिटेडको आज एक औपचारिक कार्यक्रम बीच नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना र माछापुछ्रे बैंकका अध्यक्ष डा. बिरेन्द्र प्रसाद महतोद्वारा संयुक्त रुपमा उदघाटन सम्पन्न भयो । उक्त समारोहमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले माछापुछ्रे क्यापिटल लिमिटेडले देशको खुम्चिएको पुँजी बजार क्षेत्रको विकास गर्न तथा नयाँ क्षेत्रहरुको पहिचान गरी नयाँ कार्यक्रमहरु बजारमा ल्याउन सफल होस भन्ने शुभकामना व्यक्त गर्नुभएको थियो ।
साथै, पुँजी बजार क्षेत्रमा नविनता ल्याउन जरुरी भएको परिप्रेक्ष्यमा यस क्यापिटलले थप व्यवसायिकता र थप नयाँ कार्यशैली सहित मर्चेन्ट बैकिंग क्षेत्रमा प्रवेश गर्नेछ भन्ने बिश्वास लिएको जानकारी गराउनु भयो ।
त्यस्तै,माछापुछ्रे बैंक लिमिटेडका अध्यक्ष डा. बिरेन्द्र प्रसाद महतोले माछापुछ्रे क्यापिटललाई व्यवसायिक शुभारम्भको अवसरमा बधाई दिनु भएको थियो । क्यापिटलले आफ्नो व्यवसाय बिस्तारको क्रममा राजधानी भित्र मात्र नभै देशैभरी रहेका लगानीकर्ताहरुलाई सेवा पु¥याउनु पर्नेमा जोड दिँदै अन्य सेवाको रुपमा क्यापिटललाई विस्तार गर्ने प्रतिवद्घता व्यक्त गर्नुभएको थियो । कार्यक्रममा माछापुछ्रे क्यापिटलका अध्यक्ष सन्तोष कोइरालाको सभापतित्वमा सन्पन्न भएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend