logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

एन आई सीकोे ग्राहकमैत्री नयाँ वेबसाइट सञ्चालनमा


  • जन आकाश
  • शुक्रबार, माघ २४ २०७६

काठमाडाै । एन आई सी एशिया बैंकले आफ्ना ग्राहकवर्गको सुविधालाई थप परिष्कृत गर्ने उद्देश्यको साथ डिजिटल बैंकिङ्गलाई उच्च प्राथमिकतामा राख्दै विविध सुविधायुक्त विशेषताहरुका साथ बैंककोे नयाँ वेबसाइट सार्वजनिक गरेको छ । आकर्षक शैलीको आवरण भएको नयाँ वेबसाइटमा बैंकको सेवा सुविधाकोे विवरण हेर्न चाहनेहरुको लागि अन्तरक्रियात्मक शैलीमा जानकारी प्रस्तुत गर्नुको साथै उक्त वेबसाइट नेपाली भाषामा समेत उपलब्ध गराइएको छ ।
ग्राहक महानुभावहरुले नेपाली भाषामा बैंकका सूचनाहरु उक्त वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ । गूगल म्याप लाई समेत संलग्न गरिएकोले उक्त वेबसाईटबाट सजिलै बैंकको शाखा, एक्स्टेन्सन काउण्टर, एटिएम रहेको स्थान सजिलै पत्ता लगाउन सकिनेछ ।
साथै बैंकको कार्ड तथा मोबाईल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा छुट प्राप्त गर्न सकिने पसल तथा ब्यवसायीको स्थानको पहिचान समेत गर्न सकिनेछ । वेबसाईटलाई मोबाइलबाट पनि चलाउन मिल्ने गरी डिजाइन गरिएकोले ग्राहक महानुभावहरुले जुनसुकै स्थानबाट पनि आफ्नो स्मार्टफोन मार्फत वेबसाइट चलाउन सक्ने सुविधा प्रदान गरिएकोे छ साथै वेबसाईट बाटै खाता खोल्न मिल्ने सुविधाका साथ बैंक सम्बन्धी विविध जानकारी सहयोगका लागि चौबीसै घण्टा “साथी“ च्याटबट वेबसाईटमै उपलब्ध रहेको छ्र । वेबसाईटमा प्रयोगकर्ताको रुची अनुसार बैंकले उपलब्ध गराउने विभिन्न सुविधा तथा जानकारी प्रयोगकर्ताको वेब–ब्राउजरमा स्वचालित सुचना
(बभिचत) मार्फत पठाउन सकिने प्रविधिको समेत प्रयोग गरिएको तथा आफुलाई मनपरेका जानकारी र सुचना सामाजिक सन्जालमा सेयर गर्न सकिने गरी ब्यवस्था मिलाईएको छ्र । प्रयोगकर्ताको डाटा सुरक्षाको लागीे बिशेष सुरक्षा संयन्त्रको प्रयोग गरिएको बैकले उल्ले गरेको छ्र ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend