जन आकाश
काठमाडाै । संयुक्त बिरोधसभा शान्ति बाटिकामा भइरहेको नौ दलीय बिरोधसभा कार्यक्रमको अध्यक्षता गदै नेकपा (माले) का स्थाई कमिटी सदस्य कृष्ण रानाले अहिले अमेरिकाले नेपालमाथि थोपर्न खोजेको एम सि सि नेपालको राष्ट्रिय हितमा नभएको र त्यसले भोलिका दिनमा नेपालीहरुलाई अफगानिस्तान, इराक बनाउन योजनाबद्ध आएको बताउनु भएको छ ।
आजको कार्यक्रममा अध्यक्षता र्गदै रानाले एमसिसि पास भएमा नेपालको राष्ट्रियता मात्र नगुम्ने नेपालको स्वतन्त्रता सगँसगै आफ्नै अगाडी अमेरिकन सेनाहरुले नेपालका नागरिकहरुलाई जे गर्न मन लाग्यो त्यो गर्ने र जसलाई अमेरिकी सेनाले मार्न चाह्रयो त्यो नेपालीलाई नेपाल भित्र अरु नेपालीको आगाडी गोलि हान्ने र अरु टुलुटुलुु हेरेर बस्नु पनेर्. दिन आउने अर्को तर्फ नेपालमा अमेरिकी बेस क्याम्प बस्ने र चीनको गतिबिधिको नियन्त्रण गर्न खोज्ने त्यतिवेला चीनले पनि अमेरिकी क्यम्पमाथि आक्रमण गर्ने र त्यसको असर आम नेपालीमा पर्ने यस्तो डरलाग्दो अवस्थामा नेपाललाई पुर्याउने एमसिसि योजना नेपालको अहिलेको सरकारले पास गर्न लागेको हुनाले यसको सम्पुर्ण नेपालीँहरुले प्रतिकार गर्नुपर्ने धारणा राख्नुभएको छ ।
अहिले कार्यक्रम भइरहेको छ ।
कार्यक्रममा बक्ताहरुले बोल्ने क्रम चलिरहेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend