जन आकाश
काठमाडाै । एन आई सी बैंकले भ्यालेन्टाइन डे लक्षित गरि बैंकको मोबाइल बैंकिङ्ग एप MoBank मार्फत कारोबार गर्ने ग्राहक महानुभावहरुलाई पाँचतारे होटल सोल्टी क्राउन प्लाजामा भ्यालेन्टाइन डे को दिनमा निःशुल्क डिनरको अफर ल्याएको छ । जसअन्तर्गत ११ फेब्रुअरी देखि १३ फेब्रुअरी अर्थात माघ २८, २९ र ३० गते सम्म एन आई सी एशिया बैंकको मोबाईल बैंकिङ्ग एप MoBank कारोबार गर्ने २० भाग्यमानी ग्राहक महानुभावहरुले आफ्नो प्रेमी–प्रेमीका तथा जीवन साथीसँगै सोल्टीमा विशेष डिनर गर्न पाउनुहुनेछ । यस बैंकको मोबाईल बैंकिङ्ग एप MoBank मार्फत कुनै पनि भुक्तानी जस्तै QR payment, बिजुली बिल भुत्तानी, mobile top-up लगायतका सेवाहरुमा जतिसुकै रकमको कारोबार गर्ने २० जना भाग्यमानी ग्राहक महानुभावलाई भ्यालेन्टाइन डे कै दिन डिनरको कुपन प्रदान गरिनेछ । तर यसमा इसेवा लोड, खल्ती लोड, क्रेडिट कार्ड पेमेन्ट र रकम ट्रान्सफरलाई भने बैंकले मान्यता दिने छैन । यसको नतिजा बैंकले आफ्नोे फेसबुक पेज तथा जित्नुहुने ग्राहक महानुभावहरुलाई फोनमार्फत जानकारी दिनेछ । डिनर जित्नुहुने ग्राहक महानुभावले आफ्नो कुपनसहित भ्यालेन्टाइन डे को दिन अर्थात फेब्रुअरी १४ मा सोल्टी क्राउन प्लाजा होटलमा भब्य डिनर गर्न पाउनु हुनेछ ।
बैंकले यो विशेष योजनाले नेपाल सरकारको ‘डिजिटल नेपाल’ को लक्ष्यलाई टेवा पु¥याउने विश्वास लिएको छ । यस्ता अफरहरुले आमजनमानसलाई डिजिटल बैंकिङ्ग प्रती लालायीत गर्ने र नगद भन्दा डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने विश्वास बैंकको रहेको छ ।
बैंकले यस्ता थुप्रै अन्य योजनाहरु ल्याइसकेको छ भने भविष्यमा पनि यस्ता कार्यलाई निरन्तरता दिने जानकारी गराएको छ । साथै बैंकले आफ्ना ग्राहक महानुभावहरुलाई विभिन्न cash back अफर नियमित रुपमा दिइरहेको छ । यस बैंकको MoBank मार्फतNTC/NCELL top up गर्दा ३ प्रतिशत cash back तथा हरेक बुधबार Daraz.com बाट सामान खरिद गर्दा १० प्रतिशत वा रु. ५०० सम्मको cash back, हरेक शुक्रबार happy hour मा एपमार्फत भुक्तानी गर्दा अधिकतम रु. १०० सम्म cash back र Samsung Galaxy S10+ खरिद गर्दा अधिकतम रु. ३,००० सम्मको छुट दिने व्यवस्था बैंकले ल्याएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend