logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

मेलम्चीको पानी कहिल्य आउछ


  • जन आकाश
  • बुधबार, माघ २९ २०७६

 



सुत्केरी, बाल बच्चा भएका बिपन्न आमाहरुको बिजोग
उपत्यकामा पढ्ने बिद्यार्थीहरुको जीवन नर्क जस्तै
सुख्खा मौषममा जहिले पनि खानेपानीको अभाव
मोहन कार्की ।
मानिसहरुलाई बिहान उठेदेखि बेलुका नसुतुन् जेलसम्म पानी अनिवार्य नभइ नहुने तत्व हो । यो पानी नेपालको राजधानी काठमाडौंमा भने आपुर्ति कम हुदा जो काठमाडौं आई जीविको पार्जन गर्न मेहनत गर्ने बिपन्न बर्गको लागि भने सारै कष्टपुर्ण छ । नेपालको राजधानी काठमाडौंमा आई गाउँ, शहर जताततैवाट अवसरको खोजिमा आउने त छदैछन् । त्यहामाथि काठमाडौं उपत्यकामा उच्च शिक्षा हाशिल गर्नको लागि पढ्न आउने बिद्यार्थीहरुको संख्या पनि निक्कै रहेको छ ।
ती बिद्यार्थीहरु बिशेष गरेर काठमाडौंको बागबजार, बानेश्वर, कालीमाटी, घट्टेकुलो, पुरानो बानेश्वर, पाटन, भक्तपुरको ठिमी लगायत ठाउँहरुमा बसी आफ्नो पढाईलाई निरन्तरता दिईरहेकाछन् ।
उनिहरुलाई अन्य ठाउँहरु अपाएका पर्ने र साधन नभएकाहरुको लागि असम्भव जस्तै भएका कारण उनिहरु बाध्यतावस माथि उल्लेखित ठाउँहरुमा बसोवास गर्न बाध्य छन् । र मन नमान्दा नमान्दा पनि त्यस्तै अध्यारो कोठामा महगो र डुङडुङती गनाउने कोठा लिएर बस्न बाध्य छन् त्यहा माथि अचेल सामान्य नागरिकहरुको लागि एउटा दुइटा कोठा पाउन पनि मुस्किल छ । पाए पनि पानी नभएको कोठामा बसेर स्कुल, कलेज जादा मुख नधोइ जानुपर्ने बाध्यताहरुले काठमाडौं उपत्यका नरक जस्तै बन्दै गइरहेको छ ।
त्यस्तै समस्या काठमाडौंमा आई सामान्य रोजगार गरी आफ्नो परिवार पाल्दै आफु पनि पालिनुपर्ने समस्या झेल्दै आएका बिपन्न मजदुरहरुको समस्या पनि दिनहु बढेर गएको देखिन्छ । काठमाडौं उपत्यकामा सामान्य काम गरेर थोरै आम्दानी गरेर एउटा कोठा लिएर परिवार पाल्ने र दिनहु कमाएको पैशाले दिनहु नै खानुपर्ने अवस्थाका नागरिकहरुको अवस्था निक्कै पिडादाय भएको देखिन्छ । काठमाडौंमा पानीसमेत किनेर खानुपर्ने । बसेको घरमा पानी नहुदा ट्वालेट सार्वजानिक स्थलमा जानुपर्ने र सार्वजानिकस्थलमा पैशा तिर्नुपर्ने बजार भाउ महगी बढ्यको बढ्यै गर्ने जस्ता समस्याले काठमाडौं शहरमा आई जीवन बिताई रहेका गरिखाने बर्गहरुको दिन दैनिकी कस्टकर बन्दै गईरहेको देखिन्छ । त्यसमाथि पनि पानीको अभावमा बिहान उठेदेखि तनाव मनस्थिति बोकेर हिड्नु पर्दा मानिस हुनुको अर्थ नै बिर्सनु पर्ने वातावरण बनिरहेको छ ।
त्योभन्दा डरलाग्दो र माया लाग्दो काठमाडौं उपत्यकामा सुत्केरी, साना साना बालबच्चा भएका आमाहरुको बिजोग देख्दा धेरै मानिसहरुलाई दया लाग्ने गरेको देखिन्छ । तर दया माया लागेर पनि तत्कालै उनिहरुको लागि आवाश्यक पानी उपलब्ध गराउन सक्ने कुनै उपाय ति मनकारी मानिसहरुसँग हुदैन । काठमाडौंका घरबेटीहरुलाई महिना पुगेपछि भाडा कतिवेला भाडा असुल्न पाए हुन्थ्यो भन्ने ध्याउन्न मात्र हुन्छ । अर्को तर्फ कहिले बैशाख आउला र घरभाडा बढाउन पाइएला भन्ने मनोभावना राखेर बसेका हुन्छन् । तर त्यही घरमा बसेका सुत्केरी आमा, साना साना बालबच्चा लिएर बसेका आमाहरुले पानीको अभावमा ति बाल बच्चाहरुको स्याहार राम्रो गर्न नसक्दा कति पिडा हुदो हो । ति आमा बनेर हजुर आमा बनिसकेका घरबेटीहरुलाई थाहा हुनुपर्ने हो । र मरेर लानु केही छैन केही बाचेको समय ति सुत्केरी, साना साना बालबच्चा भएका आमाहरुको लागि थोरै भए पनि पानी उपलब्ध गराएर सहयोग गरु भन्ने कत्तै पनि देखिदैन । कतिपय घरबेटीहरुले त पानी आउने धारामा पनि साचो लगाएर राखेको देख्दा कुनै दानव छ भने यो पृथ्विमा मानिसको रुपमा नै दानवहरु छन् भन्ने देखाउछ ।
खानेपानीको अभाव हुन्छ काठमाडौंको जनघनत्व बढ्छ भनेर अनुमान गरेर नै झण्डै ३२ बर्ष अगाडी बनाइएको मेलम्ची खानेपानी आयोजना बनाउन नै शुरु गरेको १८ बर्ष भईसकेको छ । तर २ बर्ष अगाडी नै ९० प्रतिशत काम सकिएको आयोजनाको काम हाल सम्म सकिएको छैन । काठमाडौमा आरस्यानिक मिसिएको पानी बेच्दै आएका एक खालका पानी माफियाहरुले चलखेल गरेर पनि ढिलो गरेको समाचार पनि आएका थिए । भने आर्को तर्फ यो १८ बर्षमा जो जो खानेपानी मन्त्री भए तिनिहरुले समय थप गर्ने र लागत बढाउने र कमिशन कुम्ल्याएर काठमाडौमा घर बनाउने गरेकाछन् भनेर जनताहरुले आरोप लगाउदै आएका छन् । तर पनि खानेपानीको समस्या जस्ताको तस्तै छ । मेलम्ची खानेपानी आयोजना झन ढिलो झन झन ढिलो भइरहेको छ ।
मानिसहरु सुद्ध खानेपानीको अभावका कारण बिभिन्न रोग लागेर समस्यामा परेका छन् । झनै आउदो फागुन, चैत्र बैशाख, जेठ, सुख्खा मौषमका महिनाहरुमा त खानेपानीको चरम अभान हुने गर्छ । यो समयलाई ध्यानमा राखेर सम्बन्धित निकायले यो संवेदनशील बिषयमा ध्यान दिएर मानिसले तिर्खा लाग्दा कमसे कम पिउनको लागि पानी त पाउन भन्ने सोच राखेर काम गर्नुृृपर्छ आवाश्यक भए मेलम्चीको काममा नेपालका युवाहँरुलाई तीन सिफ्ट बनाएर काम गराई छिटोभन्दा छिटो काठमाडौमा पानी ल्याउनु ढिलो गर्नु हुदैन । तव मात्र दुईतिहाइको सरकारको साख रहन्छ । नभए त जुन जोगी आए नी कानै चिरेको । तिनै मजदुर गरिव जनताले तिरेको करको पैशावाट सरकार र सरकारको वरिपरि कमिशनमा रमाउनेहरुले त जारको पानी किनेर खालान् तर कुनै दिन त्यो इतिहाँसमा कलंकको टिका भने धब्बाको रुपमा रहने कुरामा पनि ख्याल गर्नु मनासिव होला ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend