जन आकाश
काठमाडौं । नेपाल प्रहरीको २७ औं महानिरीक्षकमा डीआईजी ठाकुर ज्ञवाली नियुक्त भएका छन् । यसअघिका आईजीपी सर्वेन्द्र खनालको सेवा अवधी सकिएकाले वरियताक्रम अनुसार ज्ञवालीलाई आईजीपीमा नियुक्ति गरिएको हो ।
आईजीपी खनालको ३० वर्षे सेवा अवधी माघ २९ गतेबाट सकिएकाले उनले नियमित अवकाश पाएसँगै नयाँ आईजीपीको नियुक्ति गरीएको हो ।
डीआईजी तारिणीप्रसाद लम्साल र सूर्य उपाध्यायको आईजीपीको लागि नाम चर्चामा आएको थियो । बरियताक्रममा ठाकुर पहिलो, लम्साल दोस्रो र उपाध्याय तेस्रोमा थिए ।
आईजीपी सर्वेन्द्र खनालसहित तीन एआइजीपी र १८ डीआईजीले आजबाट अवकाश पाएपछि उनीहरुको विदाईमा प्रहरी हेडक्वाटरमा २९ माघ दिउँसो ४ बजे विदाइ कार्यक्रम समेत आयोजना गरिएको थियो ।
नेपाल प्रहरीको महानिरीक्षक पदमा रहेका सर्वेन्द्र खनालले २९ चैत ०७४ बाट सेवामा जोडिएका थिए । उनीसहित २९ गतेबाट एआईजी पुष्कर कार्की, ठूले राई र धिरु बस्नेतले पनि अवकाश पाएका छन् ।
त्यसैगरी डीआइजीहरु मनोज न्यौपाने, सुरेशविक्रम शाह, पिताम्बर अधिकारी, केदार रिजाल, नारायणसिंह खड्का, कमलबहादुर जीटी, शेरबहादुर बस्नेत, दिनेश अमात्य, रामप्रसाद श्रेष्ठ, दीपककुमार थापा, विनोद शर्मा घिमिरे, पूर्णचन्द्र जोशी, दानसिंह बोहरा, हरिभक्त प्रजापति, विकास श्रेष्ठ, महेशविक्रम शाह, सुरज केसी, महेन्द्रकुमार पोखरेल लगाएतले समेत अवकाश पाएका छन् ।
को हुन, नव नियुक्त प्रहरी महानिरीक्षक ज्ञवाली ?
नेपाल प्रहरीको नव नियुक्त प्रहरी महानिरीक्षक ठाकुर ज्ञवाली २०२२ असोज २८ गते प्यूठानको तत्कालीन बाधिकोट गाविसमा जन्मीएका हुन थिए । राजनीति शास्त्रमा एमए गरेका ज्ञवाली प्रहरी निरीक्षकबाट डीआईजीसम्म पुग्दा कुनै विवादमा नमुछिएको देखिन्छ ।
प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा पहिलो पोस्टिङ बाट अघि बढेका ज्ञवाली २०५८ वैशाख १८ गते डीएसपी, २०६६ मंसिर ३ गते एसपी, २०७३ असार २८ गते एसएसपी र २०७५ असोज २८ मा डीआईजीमा सफलता हासिल गरेका थिए ।
दाङ, रुकुम, बारा, झापा, केन्द्रीय अनुसन्धान ब्युरो, प्रदेश नम्बर एकको प्रहरी प्रमुख, लागुऔषध नियन्त्रण ब्युरोमा काम गरिसकेका ज्ञवाली २०४७ असार २५ गते प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेका थिए ।
कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्नसक्ने, नेतृत्व प्रदान गर्न सक्ने, आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहनसहित कुशल रुपमा परिचालन गर्नसक्ने विशेष क्षमता, गुण उनमा भएको प्रहरी संगठनको भनाई रहेको छ । हिजोवाट नेपालको प्रहरी संगठनको बागडोर समालेका ठाकुरले नेपालको प्रहरी संगठनलाई समय सार्दभिक बनाएर अगाडी बढाउन सक्छनकी सक्दैनान् त्यो भने आगमी कार्यले नै निर्धारण गर्ने छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend