जन आकाश
काठमाडौं ।“प्रगतिको आधार कामना सेवा सँग कारोबार” भन्ने मुल नाराका साथ आम जनता माझ विभिन्न बैैकिङ सुविधा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंकले ग्राहकहरुको सुविधा र हितलाई ध्यानमा राख्दै बैकले कल सेन्टर सञ्चालनमा ल्याएको छ जसबाट ग्राहकहरुले गुनासो सुनुवाईका साथै बैंकको सेवा सुविधाको बारेमा जानकारी प्राप्त गर्न सक्ने छन् । ग्राहकहरुले यो सुविधा लिनका लागि टोल फ्रि नम्बर १६६००–११–३००० तथा customercare@kamanasewabank.com मा सिधै सम्पर्क गर्न सक्नेछन् । यो सुविधा कामना सेवा बिकाश बैकले हिजोवाट ल्याएको हो ।
काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ११८ वटा शाखा तथा ६२ वटा ATM मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले ABBS, SMS Banking, Mobile Banking लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend