जन आकाश
काठमाडाै । बलात्कार प्रयासको मुद्दाका काठमाडौं जिल्ला अदालतबाट सफाइ पाएलगत्तै पूर्व सभामुख कृष्णबहादुर महरा जेलमुक्त भएका छन् ।
डिल्लीबजार कारागारबाट आज अपराह्न महरालाई रिहा गरिएको हो । अदालतको पत्र पुगेपछि उनलाई अपराह्न सवा ४ बजे रिहा गरिएको थियो ।
महरा कारागारबाट बाहिरिने क्रममा उनका शुभचिन्तक र नेकपा कार्यकर्ताले फूलमालासहित स्वागत गरेका थिए
महराको स्वागतमा उपस्थित भएकाहरूले राष्ट्रिय झण्डा समेत बोकेका थिए ।
त्यसक्रममा समर्थकहरूले ‘एमसीसी मुर्दावाद भन्दै नाराबाजी समेत गरेका थिए नेपालमा यतिवेला एमसिसि सम्भौताको पारो ९० डिग्रीमा पुगेको वेला महरा छुट्नु र प्रधानमन्त्रीले एमसिसि सदनमा पुग्न साथ पास हुने अभिब्याक्ति दिइरहदा महराले सफाई पाएको हुदा नेपालमा अव नेकपाको भबिष्य माथि नै प्र्रश्न गर्ने ठाउँहरु उत्पन्न भएका छन् ।
महरा सभामुख छँदा एमसीसी संसद्मा अगाडि बढ्न नदिएको त प्रधानमन्त्री स्वयमले स्वीकारी सकेका छन् ।
कारागारबाट बाहिरिने क्रममा पनि महराले कुनै प्रतिक्रिया दिएनन् । उनले पत्रकार सम्मेलन गरेर आफ्नो कुरा राख्ने उनका सहयोगीले बताएका छन् ।
कारागारभित्रै संक्षिप्त बोलेका महराले कारागार व्यवस्थापनसहित सबैलाई धन्यवाद दिएका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend