जन आकाश
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेकपा मालेका स्थाई कमिटी सदस्य डम्वर श्रेष्ठलाई नियतबस फसाएको भनेर नेकपा मालेले आपत्ति प्रकट गरेको छ । आज बसेको स्थाई कमिटी बैठकले उक्त निर्णय गरेको आज जारी गरेको पे्रस बिज्ञप्ति उल्लेख छ पे्रस बिज्ञप्ति जस्ताको तस्तै ।
१. पार्टी स्थायी कमिटी सदस्य तथा पूर्व भूमिसुधार तथा व्यवस्था मन्त्री क. डम्बर श्रेष्ठ बिरुद्घ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिशेष अदालतमा दायर गरेको मुद्दा सम्बन्धीत सबै कागजातहरूको अध्ययन गर्दा यो बैठक निम्न निष्कर्शमा पुगेको छ ः
तत्कालिन प्रधानमन्त्रीको पहल तथा निर्देशन र भौतिक योजना तथा निर्माण मन्त्रालयको योजनामा बालुवाटारस्थित विशिष्ट ब्यक्तिहरूको निवासको परिसर बिस्तार गर्ने सम्बन्धी प्रस्ताव मन्त्रीपरिषद्मा पठाइएको र त्यस कार्यमा भूमिसुधार मन्त्रालयको संलग्नता र सहमति नरहेको देखिएको छ । भूमिसुधार मन्त्री आफ्नो गृहजिल्लामा गएको मिति २०६६÷१२÷२९ मा सो प्रस्ताव मन्त्रीपरिषदबाट पारित भई कार्यान्वयनमा पठाइएको देखिन्छ । मन्त्रीपरिषदले उक्त दिन गरेको निर्णयलाई भूमिसुधार मन्त्रालयले आफ्नो अधिकार क्षेत्रभित्र नपर्ने ठहर गरी सो काम गर्नको निम्ति २०६७÷१÷२७ मा मन्त्रीपरिषदमा प्रस्ताव पठाएको र चार दिन पछि त्यसलाई मन्त्रीपरिषदले पारित गरी सम्वन्धित सरकारी निकायबाट लागु गरिएको बिषयमा दोषी करार गरी अख्तियारले बिशेष अदालतमा मुद्दा दायर गरेको छ । क. श्रेष्ठलाई लगाइएको आरोपबाट सफाइ पाउनु पर्ने ठहर गर्दै अदालती प्रकृयाको सम्मान गर्ने र क.डम्बर श्रेष्ठको निर्दोषिता प्रमाणित गर्न पार्टीले आवश्यक सहयोग गर्ने निर्णय समेत गरेको छ ।
२. हुवेइ प्रान्तको उहान शहरबाट फैलिएको नोबेल कोरोना भाईरस (कोड–२०१९) को महामारीलाई रोक्नको निम्ति चीन सरकारले युद्घस्तरमा चालेका कदम र प्रयासहरूको यो बैठक सह«ाना गर्दछ । उक्त प्रयासमा मित्रराष्ट्र चीनलाई छिट्टै पूर्ण सफलता मिलोस् भन्ने कामना समेत गर्दछ । त्यहाँँ अध्ययनरत नेपाली विद्यार्थीहरूको चीनमै आवश्यक रेखदेख र संक्रमणबाट बचावट गर्ने चीनीयाँ सरकारले आश्वस्त बनाउदा बनाउदै संरक्षक र बिद्यार्थीहरूको मागलाई सम्मान गरी नेपाल सरकारले स्वदेशमा ल्याउने कार्र्य गरेको छ । यहाँ ल्याईएका ती विद्यार्थीहरूको स्वास्थ्य परिक्षण तथा आवश्यक उपचार र संभावित संक्रमणको भरपर्दो रोकथाम गर्न सरकार जिम्मेवार र गम्भीर बनोस भनी यो बैठक जोडदार माग गर्दछ ।
३. बैठकले पार्टीका केन्द्रीय सल्लाहकार समिति सदस्य, दाङ जिल्लाको तुल्सीपुर उमनपा–१५, धमकापुर निवासी कमरेड रत्नलाल थारुको यही २०७६ फागुन २ गतेका दिन दम रोगको उपचारका क्रममा नेपालगन्ज नर्सिङहोममा ७४ बर्षको उमेरमा भएको असामयिक तथा आकस्मिक दुखद निधनमा शोक प्रस्ताव पारित गरेको छ । यो बैठक दिवंगत कमरेड रत्नलाल थारुप्रति भावपूर्ण श्रद्घाञ्जली अर्पण गर्दै वहाँका शोकसंतप्त श्रीमती रामप्यारी चौधरी र पाँच छोराहरू तथा अन्य परिवार एवम् आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दछ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend