जन आकाश
आजवाट रामेछाप महोत्सव भव्य रुपमा उदघाटन हुदैछ । रामेछाप उधोग बाणिज्य संघको आयोजनामा हुन गइरहेको दोस्रो रामेछाप महोत्सव भव्य रुपमा बागमति प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङगेलले गदैछन् ।
नेपालले नेपाल भ्रमण बर्ष २०२० घोषणा गरेको अवसरमा रामेछापले पनि नेपाल भ्रमण बर्षको लागि आन्तरिक तथा वाहिय पर्यटकहरुको लागि गर्नु पर्ने काम र दिनुपर्ने सुविधाहरुको वारेमा रामेछापका होटल व्यवसायी, उधोगी, किसान, ब्यापारी लगायतलाई उधोग बाणिज्य संघको तर्फवाट प्रशिक्षण र स्थानीय सरकार साथै उधोग बाणिज्य महासंघसँग समन्वय गरी महोत्सवलाई अर्थपुर्ण बनाउन लागिपरेको देखिन्छ ।
यतिवेला रामेछाप महोत्सव आयोजना स्थल मन्थली नगरपालिका १ को जिविस भवन वरिपरि सफा सुघर पारेर चिटिक्क बनाइसकिएको छ भने मन्थली नगरपालिकाका वडा न. १, २, ३, सम्मका क्षेत्रहरुमा प¥यटक तथा व्यवसायीहरुको लागि व्यवस्थित बसोवासको राम्रो प्रवन्ध गरिएको कार्यक्रम संयोजक सोनु रोका क्षेत्रीले बताएका छन् ।
महोत्सवलाई सवै रामेछाप बासीहरुको र रामेछापलाई माया गर्ने रामेछापप्रेमीहरुको लागि पनि उत्तिक्कै महत्वपुर्ण हुने गरी बिकाश गर्न झनै जरुरी छ । आशा छ रामेछाप उधोग बाणिज्य संघ तथा अन्य संघ संस्थाहरुले रामेछापको बिकाशको लागि आउदा दिनमा अझै धेरै कार्यक्रमहरु आयोजना गरी रामेछापका नागरिकहरुलाई रामेछापमा नै रोजगार सृर्जना गर्ने वातावरण बनाई नेपालको अर्थतन्त्रमा समेत महत्वपुर्ण भुमिका निर्वाह गर्न सक्ने बनाउन सक्षम रामेछापेली बन्न सक्छौ भन्ने ध्य राखेर काम गर्न जरुरी छ ।
यस्तै महोत्सवहरुको आयोजना र उत्पादनलाई प्रोत्साहन, किसानहरुले उत्पादन गरेका सामग्रीहरु बजारम पु¥याउन र उत्पादन र बजारको तालमेल नमिल्दा किसानहरुमा आउने निरासालाई यस्ता महोत्सवहरुले किसान र ब्यापारी बीचको सम्पर्क गराउन मद्धत गर्दछ र किसानहरुलाई उत्साह भर्छ ।
यो भन्दा अगाडी पनि रामेछाप महोत्सव गरिसकेको अनुभव रामेछापेलीहरुसँग रहेको छ । २०६७ सालमा रामेछाप सास्कृतिक समाजको आयोजनामा रामेछाप महोत्सव भएको थियो । भने २०७५ सालमा मन्थली नगरपालिकाको आयोजनामा रामेछाप कृषि प¥यटन तथा औधोगिक मेला भएको थियो । रामेछाप सास्कृतिक समाजले एकपटक माात्र महोत्सव गरेको थियो त्यसलाई पनि जोड्ने हो भने यो तेस्रो महोत्सव हो । तर आयोजकले दोस्रो भनेर प्रचार गरिरहेको देखिन्छ । जे जे भएपनि रामेछापले रामेछापको बिकाशको लागि र रामेछापको उत्पादनलाई संस्कृतिलाई, रामेछापका प्राकृतिक सौदर्यलाई प्रचार प्रसारको लागि प्रदर्शनमा ल्याइ राम्रा बस्तुहरुको उत्पादन रामेछापमा छन् । हुन्छन् । याहा प्राकृतिक सुन्दरता, सास्कृतिक विविधता, भौगोलिक विविधता, प्राकृतिक जलस्रोतको अथाहा भण्डार रहेको छ । कृषि, प¥यटन, जलविधुतको सम्भावना नै सम्भावना भएको रामेछापलाई चिनाउन र बिकाश गर्न रामेछापका जो जसले जाहाँ जहिले जुनसुकै कार्यक्रम गरेको नै किन नहोस त्यो रामेछापेलीहरुको लागि महत्वपुर्ण रहने छ । रहन्छ । त्यस्तै यस महोत्सवको आयोजना ज जसले जहिले गरेको भएपनि महत्वपुर्ण थियो । छ । अहिले उधोग बाणिज्य संघले गरिरहेको छ । आउदा दिनमा हुनुपर्छ ।
रामेछाप महोत्सव फागुन १६ गतेसम्म चल्ने छ । यस मेलामा रामेछापमा उत्पादन भएका स्थानीयका बस्तुहरु स्टलमा राखेर बिक्री बितरण गरिने र त्यहीवाट धरेलु उधोग देखि ठुला उधोगहरुले समेत ग्रहकसँग सोझै सम्पर्कमा पुग्ने माध्यम हुने छ । जसले गर्दा उत्पादनको क्षमतामा बृद्धि र ग्रहकले पनि सुलभ मुल्यमा बस्तुहरु भनेकै समयमा प्रप्त गर्न सक्ने वातावरण बन्ने देखिन्छ । यस्ता राम्रा फाइदाका कुराहरु मेलाहरुवाट लिन सकिन्छ ।
बिशेष गरेर राष्ट्रले नै नेपाल भ्रमण बर्ष मनाइरहेको बर्षमा रामेछापका व्यवसायीहरुको लागि यो मेलाले आफ्नो व्यवसाय प्रचार गरि प¥यटनवाट मनग्यै लाभ लिन सक्ने सम्भावना बढी नै देख्न सकिन्छ । रामेछाप जिल्ला प्रवेश गर्ने रुटमा अहिले पनि ३ टन ४ टन भन्दा माथि भारवहन बोक्न नदिने कानुनी ब्यवस्था रहेको रामेछाप उधोग बाणिज्य संघले जानकारी गराउदै आएको छ । उक्त कानुनी ब्यवस्थालाई समय सुहाउदो बनायर ठुला उधोग खोल्नको लागि सरकारले बातावरण बनाइदिनु पर्ने उनिहरुको माग रहदै आएको छ ।
आजको कार्यक्रमा बागमति प्रदेशका आर्थिक मामिला मन्त्रि कैलाश ढुङगेल पनि रामेछापका जनप्रतिनिधि भएको हुदा यो बिषयले प्रवेश पायो भने पक्कै पनि रामेछापका व्यवसायीहरुले झेल्नुपरेका अप्ठ्याराहरुको सावधान मन्त्री ढुङगेलले गर्न चाहेको खण्डमा सजिलो वाटो निस्कन सक्ने देखिन्छ । तर त्यो काम मन्त्री ढुङगेलले गर्छन कि र्गदैनान् त्यो उनको बिषय हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend