logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

चितवनको पटिहानीमा खुल्ला भलिबल प्रतियोगिता हुदै


  • जन आकाश
  • बुधबार, फाल्गुन ७ २०७६

चितवन । भलिबल प्रतियोगिता २०७६ हुदैछ । यहि फागुन ९ गतेदेखि ११ गतेसम्म भरतपुर महानगरपालिका–२२ पदम पोखरीमा प्रतियोगिता आयोजना गर्ने पद्मोदय युवा क्लवका अध्यक्ष रामहरि सेढाईंले बताएका हुन् । महाशिवरात्रीको अवसरमा आयोजना गर्न लागिएको प्रतियोगिताले पटिहानीको पर्यटन प्रवधनमा महत्वपूर्ण टेवा पुर्‍याउने अध्यक्ष सेढाईंको भनाई रहेको छ । प्रतियोगितामा चितवनका १४ वटा टिमले प्रतिस्पर्धा गर्ने आयोजकोले जनाएको छ ।
प्रतियोगिताको विजेताले ५० हजार नगद, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।द्वितीय हुने टिमले ३० हजार नगद, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तै सेमीफाइनलबाट बाहिरिने दुवै टिमलाई सान्त्वना पुरस्कार स्वरुप १०–१० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र दिईने छ।
प्रतियोगितामा भाग लिनका लागि दुई हजार रुपैयाँ टीम दर्ता शुल्क तोकिएको आयोजकले बताएको छ। पद्मोदय युवा क्लवले भलिवल मार्फत नै पटिहानीलाई चिनाउँदै आएको छ। सोही क्लवको आयोजनामा अन्तर्राष्ट्रिय स्तरका भलिवल प्रतियोगिता समेत पटिहानीमा सम्पन्न गरिसकेको छ ।
नेपाल सरकारद्वारा सूचीकृत १०० नयाँ पर्यटकीय गन्तव्यमा पनि पटिहानी सूचीकृत भएको ठाउँ रहेको हुनाले पनि महत्वपुर्ण छ ।
प्रतियोगिताको प्रवद्र्धक संस्थाहरुमा भरतपुर महानगरपालिका नगर कार्यपालिकाको कार्यालय, भरतपुर २२ नं . वडा कार्यालय, पटिहानी युवा तथा खेलकुद परिषद् कार्यालय र पटिहानी पर्यटन विकास समिति समेत रहने आयोजकले जानकारी गराएको हो ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend