logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

प्रजातन्त्रको रटान लाउनेहरुले सोच्ने वेला भएन ?

सम्पादकीय


  • जन आकाश
  • बुधबार, फाल्गुन ७ २०७६

प्रजातन्त्र दिवशको अवसरमा आज विभिन्न ठाउँहरुमा कार्यक्रम भएको छ । तर नेपालमा प्रजातन्त्र स्थापना भएको ७० बर्षमा देशलाई झनै उधोगति लगाउने काम यही प्रजातन्त्र रुपी शासन प्रणालीमा नै भएको छ भन्दा अत्तिउक्ति नहोला । राणकालीन अवस्थामा खोलिएका उधोग कल कारखाना व्यापारहरु आज कुन चराको नाम हो भने जस्तै भएको छ ।
त्यतिवेला खोलिएको राणाकालीन उधोग नेपालको पहिलो जुटमिल, त्यसपछि नेपालको आफ्नै क्षमता र छिमेकी राष्ट्र चीन तथा नेपालको मित्र जापान, जर्मन लगायतले सहयोगमा खोलिएका उधोगहरु पनि निरन्तर रुपमा नेपालमा प्रजातन्त्रको नाममा वा परिवर्तनको नाममा एकपछि अर्को गदै उधोग काल कारखानाहरु बन्द गराउदै नेपाललाई उधोग बिहिन बनाएरु किर्तिमान कायम गरेका छन् ।
यो घटनाले नेपालमा क्रान्त्रि नेपाल र नेपाली जनताको लागि ल्याइएको होइन भन्ने भान गराउछ ।
बिश्वका जुनसुकै मुलुकमा परिवर्तनपछि बिकाश भएको देखिन्छ । तर नेपालमा परिवर्तनको नाममा देशलाई अस्थिरतातर्फ धकेलेर पार्टीका नेताहरुले अकुत सम्पति आर्जन गर्ने तिनका छोराछोरी बिदेशमा पढ्न पठाउने र गरिवका छोराछोरीलाई नानाथरीमा झुठो आश्वसन बाडेर युवाहरुलाई बराल्दै परर्निरभर बनाएको देखिन्छ । आज पनि नेपालका युवाहरु दिनहू लाखौ बिदेशमा काम गर्न गइरहेका छन् । यो भन्दा लाजमर्दो अरु के हुन सक्छ । यस्ता प्रबृति वढाउन दिइरहने नेपालका युवापस्ताहरुले जवसम्म अफै नेतृत्व गर्छु भनेर आट गदैनान् जति परिवर्तन नाम जपे पनि नेपालले दात फुक्लेका बुढाहरु पालैपालो प्रधानमन्त्री, मन्त्री बनाउन भुमिका खेल्न सक्छन् देश बिकाश चै झन झन ओरालो र दिनानु दिन नेपालका युवा बिदेश जादा भोलि नेपालको भविश्य नै के हुने हो भन्न नसकिने अवस्था आउन सक्छ । आज प्रजातन्त्र दिवशको अवसरमा स्वतन्त्र ढङगवाट सोचेर युवाहरुले वास्तविक प्रजातन्त्रको प्रयोगको लागि सोच्ने वेला आएको छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend