जन आकाश
काठमाडौं । फागुन ४ गत प्लाष्ट नेपाल फाउण्डेशनले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत काठमाडौं महानगरको वडा नं. १२ टेकु चोक वरिपरी सडक किनारमा वृक्षारोपण गरिएको छ । काठमाडौं महानगरपालिका वडा नं. १२ का वडाध्यक्ष विकास डंगोलको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।
कार्यक्रममा फाउण्डेशनका संचालक सदस्यद्धय विनित अग्रवाल र संजय अग्रवाल तथा प्रगतिशिल धारा सुधार समितिका अध्यक्ष कृष्ण पौडेल लगायत स्थानीय स्वयंसेवकहरुको सहभागिता रहेको थियो । टेकु चोकको चारैवटा सडक किनारमा ३० वटा कपुरका विरुवा वृक्षारोपण गरिएको छ । टेकु चोक किनारमा हरियाली कायम हुन गइ शहरको सुन्दरता वढाउनका साथै वातावरण संरक्षणमा थोरै भएपनि टेवा पुग्न कार्यक्रममा सहभागीहरुले जानकारी गराएका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend