जन आकाश
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो २५ औँ वर्ष पूरा गरेको उपलक्ष्यमा फाल्गुण ७ गते एक कार्यक्रमका बिच पत्रकार सम्मेलन आयोजना गरेकोे छ । उक्त समारोहमा नेपाल राष्ट्र बैंकका गर्भनर चिरन्जिवी नेपालको प्रमुख आतिथ्यता तथा बैैंकको संचालक समिति, ब्यवस्थापन समिति र सञ्चारकर्मीहरुको उपस्थिति कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि गर्भनर चिरञ्जीवी नेपालद्वारा पानसमा दिप प्रज्ज्वलन गरी कार्यक्रमको उद्घाटन गरीएको थियो । तत् पश्चात बैंकका सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठले स्वागत मन्तब्य ब्यक्त गर्दै उक्त समारोहमा उपस्थित सम्पूर्ण उपस्थित जनहरुलाई विशेष धन्यबाद ब्यक्त गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि गर्भनर नेपालले बैंकको २५औं वार्षिकोत्सवको लोगो सार्वजनिक गरी बैंकलाई २५औं वर्ष सम्म नेपालको बैंकिङ्ग क्षेत्रमा पु¥याएको योगदानको लागि धन्यवाद सहित आगामी दिनमा बैंकको उत्तरोत्तर प्रगतिका लागि शुभकामना ब्यक्त गर्नुभएको थियोे ।
त्यसैगरी, बैंकले रजत उत्सवको अवसरमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अभियान अन्तर्गत काठमान्डौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई आइसीयु कक्षा निर्माण गर्न रु १ करोड सहयोग गर्ने घोषणा गरेको छ । कार्यक्रमका प्रमुख अतिथि गर्भनर चिरञ्जीवी नेपालले उक्त रकमको चेक संस्थाका संस्थापक एवं अध्यक्ष प्रोफेसर डा. भगवान कोइरालालाई हस्तान्तरण गर्नुभएको थियो । साथै, सोसाइटी अफ इकोनोमिक जोर्नलिस्ट (सेजोन) नेपाललाई आर्थिक पत्रकारीताको क्षेत्रमा महिला पत्रकारहरुको समावेशिता बढाउन र उनीहरुको क्षमता अभिवृद्घि गर्न चाहिने तालीम प्रदान गर्न रु ५ लाख सहयोग घोषणा गरी सेजोन, नेपालका सभापति भिम प्रसाद गौतमलाई चेक हस्तान्तरण गरीएको थियो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत शोभन देवपन्तले कार्यक्रममा प्रमुख आतिथ्यताको लागि नेपाल राष्ट्र बैंकका गर्भनर चिरन्जिवी नेपाललाई र कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथि वर्गहरु तथा सन्चारकर्मी महानुभावहरुmलाई उपस्थितिका लागि धन्यबाद व्यक्त गर्नुभएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend