logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

रामेछापमा नौ दलको बिरोधसभा

भारतीय सेना नेपालवाट हटाउनु पर्ने बक्तहरुको माग


  • जन आकाश
  • शनिबार, फाल्गुन १० २०७६

रामेछाप रामेछापको सदरमुकाम मन्थलीमा आज नौ दलले भारतीय सीमा अतिक्रमण र अमेरिकी नियोगसँग गर्न लागेको एमसिसि सम्झौताको बिरोधमा कार्यक्रम गरेको छ ।
नौदलले काठमाडौं उपत्यकामा बिभिन्न कार्यक्रम गरिसकेको छ । सोही कार्यक्रम जिल्ला ब्यापी बनाउदै लैजाने गरी कार्यक्रहरु तय गरेको छ । त्यसै अनुरुपको कार्यक्रम आज मन्थलीमा नौ दलको जिल्लास्तरीय कार्यक्रम भएकोे संयुक्त गठबन्धनमा रहेका नेकपा कान्त्रिकारी माओवादीका जिल्लासचीव लाङघाली मगरले जानकारी दिनुभएको छ ।
कार्यक्रममा बक्ताहरुले भारतीय सीमा अतिक्रमण र अमेरिकासँग हुन लागेको एमसिसि बिरुद्ध जनतालाई जानकारी गराउनु रहेको बताएका थिए । नेकपा मालेका तर्फवाट केन्द्रीय सदस्य मोहन कार्की, कान्क्रिकारी माओवादीवाट गणेस खड्गी, केन्दीय सदस्य र राष्ट्रिय जनमोर्चावाट अर्जुन थापा रामेछाप जिल्ला उपाध्यक्षले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।
बक्ताहरुले भारतले नेपालको लिपुलेक लिम्पियाधुरा अतिक्रमण गरेको नेपाली भुमि तत्काल फिर्ता गराउन भारतसँग कुटनीतिक पहल गर्नुपर्ने कुटनीतिक पहल गर्दा पनि नेपालको भुमि फिर्ता नगरे नेपालले उक्त नेपालको अतिक्रमित भुमिलाई अन्तराष्ट्रिय करण गरेर भएपनि फिर्ता गराउन दवाव सृर्जना गराउन, साथै नेपालको सर्वभौमसत्ता सम्पन्न राष्ट्रलाई नै समाप्त गर्ने गरि आएको अमेरिकी नियोगको एमसिसि सम्झौता गर्न नहुने भन्दै बिरोध गरेका थिए । कार्यक्रममा स्थानीय जनता र टाढा टाढा आएका रामेछापका जनताहरुको उल्लेखिय मात्रमा सहभागिता रहेको थियो ।
यो कार्यक्रमलाई देशभक्त जनताको कार्यक्रम भएको बक्ताहरुले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा बताएका थिए ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend