logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

राष्ट्रिय जन स्वास्थ्य प्रयोगशालामा प्रभु बैंकको काउन्टर


  • जन आकाश
  • आइतबार, फाल्गुन ११ २०७६

 



काठमाण्डौं प्रभु बैकले जिल्लाको काठमाण्डौं महानगरपालिका वडा नं. १२ स्थित राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला टेकुमा एक्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंककोे एक्टेन्सन काउन्टरको उदघाटन स्वास्थ्य सेवा बिभागका महानिर्देशक डा. रोशन पोखरेलले दिउँसो ०१ः०० बजे एक समारोहका बिच गर्नु भएको हो ।
नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्ति निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले राष्ट्रिय जन स्वास्थ्य प्रयोगशालामा पनि आप्mनो सेवा विस्तार गर्न सफल भएको छ । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित राष्ट्रिय जन स्वास्थ्य प्रयोगशालामा आउने सेवा ग्राहीहरुलाई रकम जम्मा गर्न र राष्ट्रिय जन स्वास्थ्य प्रयोगशालाको कामगर्न सहज र सरल हुने भएको छ । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीय बासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend