logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

ग्लोबल आईएमई बैकमा लगानी असुरक्षित

एउटा ब्याक्तिको नाममा राखेको पैशा अर्र्कैको नाममा पुग्यो


  • जन आकाश
  • सोमबार, फाल्गुन १२ २०७६

काठमाडौं ।
केही महिना अगाडी मात्र जनता बैकलाई गाभेर नेपालको सवैभन्दा ठुलो बैक भनेर निक्कै प्रचार गरिएको ग्लोबल आईएमई बैंकमा लगानी गरेका सेयरधनी तथा आम ग्रहकहरुको लगानी भने असुरक्षित बन्दै गएका घटनाहरुले देखाईरहेका छन् । ग्रहकहरुले बैंकमा राखेको रकमको हिसावमा तलमाथि हुने । एउटाको खातामा राखेको पैशा र्अर्कै ब्याक्तिको नाममा जम्मा हुने र त्यसरी हिशाव थाहा पाउने ग्रहकहरुले त तत्कालै थाहा पाउन साथ बैकमा जानकारी गराउलान् तर ब्यस्तता र समय अभाव भएर समयमा बैंकमा पुग्न नसक्ने बैकमा ग्रहक भएका ग्रहकहरुको लगानी ग्लोबल आईएमईमा असुरक्षित बन्ने गरेको भुक्तभोगी ग्रहकले हामीलाई जानकारी गराउने गरेका छन् ।
त्यस्तै एउटा उदारण लमजुङ जिल्लाका नेपाली काग्रेसवाट जन प्रतिनिधलाई समेत भाईसकेका ब्याक्तिसमेत परेको रहेछ । उहाको नाम हो कृष्ण प्रसाद अधिकारी उहाको नाममा एक्कासी २ लाँख २३ हजार ९ सय पैशा थपियो रे र दुईदिन पछि कुनै एकजना ब्याक्तिले फोन गरेर कृष्णसर बोल्नुभयो भने, “हो म बोल्दै छु मलाई समस्या प¥यो हजुरले सहयोग गर्नुप¥यो मैले हिजो ग्लोबल आईएमई बैंंकमा पैशा जम्मा गरेको थिए तपाइको खातामा पो हालिदिएछन् । तपाईले निकालेर मलाई निुप¥यो ” कृष्ण प्रसाद लमजुङमा रहेको हुदा म अहिले लमजुङ छु म काठमाडौ आएपछि मिलाउला भन्दा ति ब्याक्ति निक्कै वाद विवादमा आउने ढंङवाट प्रस्तुत भएपछि कृष्ण अधिकारीले फोन राखेका थिए त्यसको लगतै अर्को फोन आयो उनले आफ्नो परिचय दिदै म ग्लोबल आईएमईको कर्मचारी हो हिजो मिष्टेकले तपाईको खातामा पैशा गएछ तुरुन्तै त्यो तपाइको खातामा जम्मा भएको रकम निकालेर पठाउनुस नभए तपाइको खाता रोक्का गरिदिन्छु भन्दै धक्कीपुर्ण भाषामा कृष्ण अधिकारीलाई थर्काएका थिएरे यो कृष्ण अधिकारीको भनाई हो ।
त्यसपछि निक्कै दिन सम्म ति जसले ग्लोबल आईएमई बैंकमा पैशा जम्मा गरेर राख्न चाहेका थिए । ति ब्याक्तिको बिजोग भयो होला भनेर अधिकारी स्वमले सहयोग गरी दिएको बताएका छन् ।
ग्लोबल आईएमई बैंकमा गाभिने निर्णय सँगै जनता बैंकका सञ्चालकहरु ग्लोबलको फितलो ब्यवस्थापन र जोखिम देखेका सञ्चालकहरु लंक बहादुर केसी, राम बहादुर भण्डारी, गौतम प्रसाद खनाल त्यतिवेला नै आफ्नो सेयर निकालेर बाहिर बसेका थिए ।
अहिले पछिल्लो समय ग्लोबल आईएमई बैंकका केही सञ्चालकहरु पनि बैंकको बिग्रदो ब्यवस्थापन बैकका र मनोमानी ढंङवाट बैंक चलेको देखेर आफ्नो लगानी डुब्ने डरले लगानी झिक्न लागेको उच्च स्रोतवाट हामीलाई प्रप्त भएको छ । त्यसकारण ग्लोबल आईएमई बैंकमा लगानी असुरक्षित बन्दै गएको अनुमान लगाउन सकिन्छ ।
त्यसैगरी आईएमई गु्रप अन्र्तगतका कम्पनीहरुमा पनि बिभिन्न खालका समस्या उत्पन्न भईरहेको देख्न सकिन्छ । आईएमई गु्रपले चन्द्र गिरीमा बनाएको केवलकार, होटल, पार्क, सार्वजानिक जग्गामा वातावरणीय मापदण्ड नपु¥याई काम गरेको भनेर स्थानीयहरुको बिरोध हुदै आएको छ । तर त्यो बिरोधलाई चन्द्र ढकालले राजनीतिक पावरको आडमा स्थानीयको बिरोध दवाउदै आएका छन् ।
त्यसैगरी आईएमईमा कार्यरत कर्मचारीहरुलाई अनिबार्य वीमा आफ्नै कम्पनीमा गर्नु पर्ने बाध्यता थुपारेर कर्मचारीहरुको ब्यात्तिगत स्वतनत्र हनन् गरेर कर्मचारीले आफ्नो बालबच्चा पाल्न पाउनुपर्ने रकम महिनापिछे कटाएर लाने गर्दा निक्कै अप्ठ्यारोमा परेको । कर्मचारी माथि दमण गरेको आईएमई गु्रप अन्र्तगत काम गर्ने कर्मचारीले नाम नबताउने सर्तमा हामीसँग दुखेसो पोखेको हुन् ।
बिगे्रका सवारी साधन बेच्दै आईएमई गु्रप
आईएमई ग्र्रुप अन्र्तगतको आईएमई अटोमोभिज अर्थात अशोक लिल्याण्डले भारतमा उत्पादित भारतमा बिग्रेर बसेका र कबाडीमा फाल्न तयार पारेका सवारी साधन नेपालमा ल्याई रङरोगन गरेर प्रचार प्रसारमा लगानी गरेर राम्रो भनि नेपाली बजारमा पठाई नेपाली अटो वजारमा नेपाली ग्रहकहरुलाई गुणस्तर हिन सामान बिक्री बितरण गदै आइरहेको आरोप पनि अटो क्षेत्रमा काम गरिरहेका ब्यवसायीको रहेको छ ।
आइएमई मनिटान्सफरको नाममा अवैध कारोवार
नेपालीहरु बाध्यताले बिदेशमा काम गर्न गएका छन् त्यसको फाईदा राष्ट्रले लिनुपर्ने हो । तर त्यसको फाईदा आइएमई मनिटान्सफरले जायज र नजायज दुवैढंङवाट उठाइरहेको छ । नेपालीहरुले बिदेशवाट नेपालमा पैशा पठाउदा केही प्रतिशत राजश्व तिर्नुपर्ने र त्यो सोजै राष्ट्रको खातामा जाने हुनाले देश बिदेशमा आईएमईले आफ्नो शाखा खोलेको छ । त्यहा सम्पर्कमा आउने नेपालीहरुले जम्मा गरेको पैशा बैधानिक ढंङगवाट पठाउदा राजश्व तिर्नुपर्ने र नाफा धेरै नकमाइने भएको हुदा अवैधानिक हुन्डी मार्फत पठाएरु अवैध कारोवार गरेको बिदेशवाट पैशा पठाउने नेपालीहरुलाई आइएमईको फारामको साटो अर्को फाराम भराएर त्यस्तो अवैध कारोवार आईएमईले गरेको जानकारी प्रप्त भएको छ ।
आईएमई गु्रपका राजु, र गुणाको र्निदेशनमा योगेस, पत्रकारहरुलाई थर्काउदै
आईएमई गु्रपका मिडिया हेर्ने ब्याक्ति मध्य सवैभन्दा प्रमुख ब्याक्ति भनेर चिनिन्छन् राजु पौडेल बेला बेलामा गोरखापत्रको राईजिङ नेपालमा आर्टिकल समेत लेख्ने राजु आफुलाई पत्रकार हो भनि चिनाउन मन पराउछन् र पत्रकारहरुले कुनै काम लिएर वा प्रचार सामग्रीको माग गरे भने अहिले केही महिना अगाडी मात्र नियुक्त गरेका एन आईसि एसिया बैकवाट आईएमईमा आएका गुणा श्रेष्ठलाई देखाउछन् ।
गुणाले फेरी हाम्रो सवै काम ग्लोबल आईएमवाट हेर्ने गरिन्छ भन्दै कमलादीमा रहेको ग्लोबल आईएमई बैकमा रहेका योगेस पोखेललाई देखाउछन् । योगेसमा पुगेका अधिकास पत्रकारहरुलाई योगेस पोखेलले भएको ठाउँमा पठाउछन् म पनि पत्रकार हु तिमीहरु जस्ता पत्रकारलाई कसरी ठिक पार्नुपर्छ भन्दै थर्काउने काम यिनै योगेसको काम बनेको छ । दुईचार दिन अगाडी मात्र एक जना पुराना पत्रकार ग्लोबल आईएमई को कार्यलयमा गएको र योगेस पोखेल नामका ब्यात्तिले थर्काएर पठाएको एकजना पुराना पत्रकारले बाग बजारमा पत्रकारहरु माझ चिया खाने क्रममा बताएका थिए ।
नेपालका घराना वा कर्पोरेट हाउस चलाएका ब्यापारीहरुले वेला वेलामा सामाजिक उत्तरदाईत्व बहन गरेको देखावटी नाटक गरेपनि सामाजिक रुपमा पे्रसलाई हेर्ने दृष्टिकोण भने प्रेस मैत्री बनाउन सकेका छैनान् जसको कारण पत्रकार र ब्यापारी बीचको लडाई महायुद्ध जस्तो बनेर गएको देखिन्छ । त्यस्तै यो पछिल्लो समयमा आईएमई गु्रप पनि पत्रकारहरुसँग महायुद्ध गर्न चाहेको जस्तो देखिन्छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend