जन आकाश
चितवन ।
चितवन जिल्लाको माडी नगरपालिकामा ४ दिनदेखि जारी आमरण अनसन तथा स्थानीयवासीको माग पुरा गराउन अनशन बसेका वडा अध्यक्षलाई स्वास्थ्यमा गम्भिर समस्या देखिएपछि भरतपुरको अस्पतालमा भर्ना गरिएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु सम्बन्धी ऐन २०२९ को विनियम संशोधन गर्न बनेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण र पाँचौं संशोधन नियमावली २०७६ ले माडी जस्तो महत्वपूर्ण क्षेत्रलाई खासै सम्बोधन गर्न नसकेको हुँदा मानव अधिकार सहितको संरक्षणका लागि पुनः संशोधन हुनु पर्ने, बाँदरझुला साथै अमिलियामा बसोबास गरिरहेका नागरिकको उचित व्यवस्था गरिनु पर्ने, मानव वन्यजन्तु द्वन्द निवारणका लागि ठोस रुपमा वन र वस्ती बीच बैज्ञानिक संरचना बनाउनु पर्ने, उत्तरी सीमामा पर्ने रीउखोला कोरीडोरको निर्माण व्यवस्थित गरिनुपर्ने, लागत तथा उत्पादनको आधारमा वालीको क्षतिपूर्तिको व्यवस्था गरिनु पर्ने, कसरादेखि वनकट्टा साथै वगही देखि बाँदरझुलासम्म बाटो स्तरोन्नती गरि चौविसै घण्टा खुला राख्नु पर्ने, माडी नगरपालिकालाई कृषि पर्यटन हबको रुपमा विकास गर्न विशेष योजना ल्याउनु पर्ने, प्राकृतिक स्रोत साधनमा पूर्ण रुपमा स्थानीय तहको अधिकार हुनु पर्ने राखेर १ का वडा अध्यक्ष कृष्णप्रसाद पौडेल, वडा सदस्यहरु— शिवबहादुर कार्की र अमिता लामाले फागुन ७ गते प्रजातन्त्र दिवसका दिनदेखि वडा कार्यालय अगाडि आमरण अनसन शुरु थिए ।
अहिले उनलाई भरतपुरको सरकारी अस्पतालमा आईसियुमा राखिएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend