जन आकाश
रामेछाप ।रामेछाप जिल्लाको चिनारी नाम दिएको दोस्रो महोत्सव ६ गते तामझामका साथ उदघाटन भएर सञ्चालन भएको छ । रामेछाप जिल्लाको प¥यटन सास्कृतिक तथा औधोगिक मेला यतिवेला रामेछापको मनथलीमा सञ्चालनमा रहेको छ । यो मेलाले रामेछापका जिल्लाबासीहरुलाई ब्यापारका लागि सहजता प्रदान गरेको छ भाने त्यतिकै मात्रमा सास्कृतिक रुपमा मनोरञ्जन पनि प्रदान गरेको छ । रामेछापको उमाकुण्डको आलुदेखि मन्थलीको भटमास सम्म स्टलमा छन भने गोकुल गंगाको टाउट माछा देखि सैलुङको छुर्पी सम्म किन्न पाइने गरी स्टलको ब्यबस्थापन गरेको देखिन्छ । नेपालको आफ्नो उत्पादन त्यति धेरै नभए जस्तै रामेछाप पनि त्यो बिषयवाट अछुतो रहन सकेन ।
रामेछामको आफ्नै उत्पादन भनेको उमाकुण्डको आलु, गोकुल गंगाको टाउट माछा र धरेलु बासका उत्पादन र मुडाहरु देख्न सकिन्थ्यो भने छिमेकी जिल्लावाट ल्याइएका कुटो, कोदालो, खुकुरी लगायत सामनहरु पनि स्टलमा देखिन्छन् त्यस्तै नेवारी परिकार मात्र नेपाली मौलिकको पाटोको रुपमा देखिन्थ्यो भने अन्य होटलहरुले होटलको प्रचार गरेको मात्र देखिन्थ्यो स्टलहरुमा नेपालमा बनेका सामग्री भन्दा बिदेशमा बनेका सामग्रीहरुको नै बाहुल्यता रहेको थियो ।
बिलासिताका साधनहरु प्रयोग गरेर बनाएका मनोरञ्जनका साधनहरु जस्तै रेल, हाँस, रोटेपिङ जस्ता साधनहरु प्रयोग गरेर आयोजकले मेलामा आएका पाहुनाहरुलाई मनोरञ्जन दिनुको साथै आम्दानीको स्रोतको रुपमा समेत प्रयोग गरेको देखिन्थ्यो ।
मेलामा प्रबेश दिने बिषयमा स्थानीयहरुसँग अलि अलि विवाद भएपनि आयोजकले तुलानात्मक रुपमा व्यवस्थापनमा राम्रो नै गरेको मान्नुपर्छ ।
रामेछापका स्थानीइ कलाकारहरुको प्रस्तुती र राष्ट्रिय कलाकारहरुको दमदार प्रस्तुतिले मेला भर्न आएका दर्शकलाई भरपुर मनोरञ्जन दिईरहेका छन् ।नेपाल भ्रमणवर्षको अवसरमा नेपालको नयाँ बर्षको नजिकै हावपानी पनि न जाडो न गर्मी हुने सिजन पारेर गरिएको महोत्सवले मेलामा आउने पाउनाहरुलाई सहजता प्रदान गरेको सहजै देख्न सकिन्छ ।
यो रामेछाप दोस्रो महोत्सवलाई सफल बनाउन उधोग बाणिज्य संघको जति भुमिका छ त्यतिकै मात्रमा सामाजिक सशक्तिकरण नेपालको पनि उत्तिकै भुमिका रहेको देखिन्छ युवा जोस जागरले भरिएका सोनु रोका क्षेत्रीको सक्रीयताले पनि उत्तिक्कै भुमिका खेलेको देखिन्छ ।
यो भन्दा महत्वपुर्ण पक्ष अर्को रामेछाप महोत्सव हुदा नेपालका उत्पादन बिशेष गरेर रामेछापले उत्पादन गरेर नेपालका वा विदेशवाट आउने पाउनाहरुलाई रामेछापको खास एउटा मात्र किन नहोस बिशेष खालको चिनारी बनाउने गरी उत्पादन गर्नुपर्छ जस्तै उदारणको लागि भोजपुरमा गयो भने भोजपुरे खुकुरी, पाल्पा गयो भने पाल्पाली ढाका टोपी, प्रख्यात भए जस्तै रामेछापको बिशेष के छ त्यो बनाउन अहिले देखि नै हामीले सोच राख्यौ भने अर्को महोत्सवमा त्यस्तै उत्पादन सहित रामेछाप महोत्सव गर्न सक्छौ । यो सन्देश पनि रामेछाप दोस्रो महोत्सवले. दिएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend