जन आकाश
मुक्तिनाथविकास बैंकले आवासीय प्रयोजनका लागि आफ्नो वा एकाघर सदस्यको स्वामित्वमा रहेको घर, घडेरी , घरजग्गा तथा फ्ल्याट ÷अपार्टमेन्टमा भएको स्व–लगानीमा Debt Leverage लिने गरी Equity Financing गरिने र अन्य बैंक वित्तीय संस्थाले लगानी गरेको कर्जालाई पुनःलगानी गर्न सकिने गरी मुक्तिनाथ घर पूँजीकर्जा सञ्चालनमा ल्याएको छ । घर पूँजी कर्जा आकर्षक ब्याजदरमा १५ बर्षको लागि लिन सकिनेछ ।
यसका साथै, बैंकले मुक्तिनाथ सरल व्यवसायिक कर्जा पनि सञ्चालनमा ल्याएको छ । यस कर्जा विभिन्न व्यवसाय स्थापना गर्न, आधुनिकीकरण गर्न र साथै व्यवसायमा हाल भइरहेको पूँजीगत तथा चालु पूँजी स्व–लगानीमा Financial Leverage लिने गरी उद्योग,व्यापार एंव सेवामुलक संस्था व्यवसाय सञ्चालनको लागि आवश्यक पर्ने संरचना÷पूर्वाधारमा लाग्ने पूँजीगत खर्चहरु परिपूर्ति र मौज्दात, आसामी, पेश्कीलगायत स्थायी प्रकृतिका चालु पूँजी आवश्यकता पूरा गर्न तथा दैनिक कार्य सञ्चालनको लागि आवश्यक पर्ने अन्य कार्यशील पूँजीको लागि प्रदान गरिने सेवाहरुको योजना ल्याएको हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend