logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

बामदेव बिरुद्ध किन बिष बमण


  • जन आकाश
  • बुधबार, फाल्गुन १४ २०७६

काठमाडौं ।
बामदेव गौतमलाई माथि आउन नदिन पुर्र्व एमालेहरु नै लागेको र अन्र्तघात भएको बिगतमा बाहिर आइसकेको बिषय हो । अहिले पनि त्यसैगरी बामदेव बिरुद्ध आन्तारिक रुपमा डबल नेकपा कै नेताहरु लागेको देखिन्छ । जवजव बामदेवको कुरा आउछ त्यति नै वेला पार्टीक नेताहरुले बिगतमा आफ्नै लगानी वाट खोलेका मिडियालाई प्रयोग गरेर हौवा फिजाउदै आएका छन् ।
त्यस्तै अहिले पछिल्लो समय पनि त्यस्तै हौवा फिजाउन पछि परेनान् र केही युटुवेहरुलाई त देशको राजनीति देशले खोजेको सही नेतृत्व भन्दा पनि क्षणिक स्वार्थ र कुनै कुरा उठ्यो बजारमा भने त्यसैको पछि पछि लागेर सामाजिक संञ्जालमा फैलाउने भिडले बामदेवको खोइरो काडेको देख्दा लाग्छ बामदेव बिरुद्ध अरु कोही नभएर नेकपाका शक्तिमा रहेका नेताहरु नै लागेको प्रष्ट देखिन्छ ।
बामदेव नेपालको लागि आवाश्यक हो कि होइन त्यो बिषय भन्दा पनि नेपालमा कम्युनिष्ट साशन आवाश्यक छ कि छैन ? छ भने नेकपाले सोच्नु पर्छ नेपालको इतिहाँसमा दुइतिहाइको सरकार बनाउन महत्वपुर्ण भुमिका खेल्ने नेतामा बामदेवको भुमिका रहेको कसैले लुकाउन सक्छ र ?
त्यसकारण बामदेव कम्युनिष्ट साशनका लागि आवाश्यक भएको नेपाली जनताको बुझई छ । नेपाली समाजमा बामदेव जतिको लोकप्रीयता सायद अन्य कुनै नेताको भए जस्तो देखिदैन । तर सस्तो लोकप्रीयताका लागि हौवा फिजाउने तप्काहरु भने बामदेव बिरुद्ध बिष बमण गरिरहेको देखिन्छ कतिपयले जानेर गरे होलान् । कतिले नजानेर गरे होलान् । त्यो ढिलो चाढो गलत गरेछौ भन्ने भान तिनिहरुलाई पनि पर्न सक्छ भने भोलि ति हौवा फिजाउन लगाउने नेताहरुलाई पनि अप्ठ्यारोमा नपर्लान् भन्न सकिदैन अहिले पो बामदेव हारेका नेता भए जनमत र लोकप्रीयता बामदेव जतिको ति चुनाव जितेकाहरुको देखिदैन । त्यसकारण पनि क्षणिक रुपलाई हेरेर बामदेवको बिषयलाई लिएर कुु प्रचार गर्ने नेकपाको पार्टी भित्रको बामदेव बिरोधी गुट र तिनले चलाइएका मिडियाको हौवा कुनै पनि दिन धोति खुस्किन सक्छ । त्यतिवेलाको पनि अवस्थालाई मध्यनजर गर्नु बुद्धीमानी होला । आफु हारेर पनि नेपालमा नेकपा ठुलो पार्टी बनाउन, त्यतिवेलाको द्धन्द्धमा रहेको माआोवादी आन्दोलनलाई शान्ति प्रक्रियामा ल्याउन बामदेवको महत्वपुर्ण भुमिकालाई नेपाली जनताले बिर्सिएका छैनान् । तिनै योगदान गर्ने ब्याक्तित्वलाई बामदेव आफैले भन्दा पनि अरुले नै कहिले काठमाडौंवाट चुनाव लडाउने, कहिले कास्कीवाट चुनाव लडाउने भनेर गलत प्रचार गराउने समुह नै बनाएर बामदेव बिरुद्ध काम भएको देखिन्छ । यसले देशमा नेकपा प्रतिके सन्देश राम्रो गएको छैन ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend