जन आकाश
मोहन पोखरेल
चितवन ।
७० औ राष्ट्रिय प्रजातन्त्र दिवस चितवनको भरतपुरमा भव्य रुपमा मनाइएको छ । सोही दिन फागुन ७ गते राष्ट्रिय समाचार समिति (रासस) चितवनले आफ्नो वार्षिक उत्सवको अवसरमा नारायणी सामुदायिक अस्पतालमा १०२ पत्रकारको स्वास्थ्य परिक्षण गराएको छ । जिल्ला स्थित रासस प्रमुख तथा नेपाल पत्रकार महासंघ चितवन शाखाका उपाध्यक्ष नारायण प्रसाद अधिकारीको संयोजनमा भएको उक्त परिक्षणमा अस्पतालका चिकित्सकहरुले पत्रकार प्यानलको अभिरुची पूर्वक स्वास्थ्य परिक्षण गरेका थिए ।
कानून न्याय तथा मानव अधिकार समितिका सभापती तथा सांसद कृष्णभक्त पोखरेलले स्वास्थ्य परिक्षण कार्यक्रमको उद्घाटन गरेका थिए । सोहि दिन ७० औं राष्ट्रिय प्रजातन्त्र दिवसको उपलक्ष्यमा स्थानिय संघ संस्था तथा प्रहरी र सेनाका प्रमुखहरुले राष्ट्रिय झण्डा सहित प्रभात फेरी गर्दै जिल्ला समन्वय समितिमा पुगेर भव्य कार्यक्रमको आयोजना गरेका थिए ।
स्थानिय समाजसेवी तथा पत्रकारहरुको पनि उल्लेख्य उपस्थिति रहेको थियो । जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिले कार्यक्रमको संयोजन गरेका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend