जन आकाश
काठमाडौँ २०३६ सालदेखि भूमिगत रुपमा तत्कालीन पञ्चायती व्यवस्थाको विरुद्धमा सकृय भएका र हाल पनि नेपाली कांग्रेस पार्टीको सकृय सदस्य रहेका चाबहिलका सुबोध कुमार पौडेल नेपाली कांग्रेस पार्टीको नीति र कार्यदेखि असन्तुष्ट रही राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)मा त्यसका राष्ट्रिय अध्यक्ष पूर्व मन्त्री डा. प्रकाशचन्द्र लोहनीको हातबाट टीका, माला तथा खादा लगाई सैयौँ व्यक्तिहरुका साथ रा.प्र.पा. संयुक्तको केन्द्रीय कार्यालय चाबहिलमा आयोजित एक विशेष कार्यक्रममा पार्टी प्रवेश गरेका छन् ।
सो पार्टी प्रवेश कार्यक्रमका पार्टी अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले नेपाली कांग्रेससँग असन्तुष्ट भई राप्रपा (संयुक्त)मा प्रवेश गरेका सुबोध कुमार पौडेल साथै अन्य नवप्रवेशी पार्टीका कार्यकर्ताहरुको पार्टीले उचित मूल्यांकन गर्दै पार्टीप्रति वितृष्णा आउन नदिन बताउँदै पौडेलसहितका नवप्रवेशी कार्यकर्ताहरुको राप्रपा संयुक्तमा स्वागत तथा उनीहरुको प्रवेशले राप्रपा संयुक्त थप संगठित र मजबुत भएको बताउनुभयो र भन्नुभयो “पार्टीले सकृय कार्यकर्ता पाएको छ । सुबोध पौडेलको व्यक्तित्वको राप्रपा संयुक्त पार्टीभित्र उचित कदर र मूल्यांकन गरिनेछ ।”
नेपाली कांग्रेसको तर्पmबाट नव प्रवेशी पौडेलका पिता गोविन्द प्रसाद उपाध्याय पौडेलदेखि सुबोध पौडेलसम्म सकृय उनी हाल उपभोक्ता मञ्च नेपालको ४ नं. क्षेत्रको क्षेत्रीय सभापति रहेका छन् । पिता पूर्खादेखि कांग्रेसको तर्पmबाट कृयाशील रहदै आएका उनी पार्टीभित्र बच्चा संस्कृति मौलाउँदै गएकोमा असंन्तुष्ट बनी नेपाली राजनीतिको बैकल्पिक शक्तिशाली स्रोत राप्रपा (संयुक्त)मा प्रवेश गर्न पाएकोमा खुसी व्यक्त गर्दछन् । राप्रपा संयुक्तका अध्यक्ष मण्डलका अर्का नेता पशुपति शम्शेर जबरा महामन्त्री ध्रुव बहादुर प्रधान लगायतका व्यक्तिहरुले पनि यस समाचार स्रोत समक्ष सुबोध पौडेलजस्तो नेकाभित्र ओज बोकेको व्यक्तित्वलाई पार्टीभित्र स्वागत गर्न पाउँदा हर्सित बनेको विचार व्यक्त गर्दै कुशल संगठनकर्ताको खाँचो पूरा हुन गएको र पौडेललाइ पार्टीले सम्मानजनक स्थान प्रदान गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend