logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

बैंक अफ काठमाण्डुको २५% नगद फिर्ता योजना


  • जन आकाश
  • बिहिबार, फाल्गुन १५ २०७६

काठमाडाै । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो २५ औँ वर्ष पूरा गरेको उपलक्ष्यमा ग्राहक महानुभावहरुको आवश्यकता तथा ग्राहक वर्गको उच्चतम् लाभ लाई मध्यनजर गर्दै बिओके स्र्माट मार्फत नेपाल टेलिकम तथा एनसेलको प्रिपेड र पोष्टपेड मोबाइलमा टपअप गर्दा ग्राहक महानुभावहरुले कारोबार रकमको २५% नगद फिर्ता पाउने योजना सार्वजनिक गरेको छ ।
ग्राहकहरुले नगद फिर्ता योजनाको सदुपयोगको लागि बिओके स्र्माटबाट गरिने पहिलो कारोबार अन्र्तगत पहिलो टपअप कारोबारमा गर्नुपर्ने छ । बैंकले अब पाउनुहोस्, मोबाइल भुक्तानी र्मै आम्दानी भन्ने मुलनाराका साथ सार्वजनिक गरेको उक्त योजना सिमित अवधिको लागि मात्र भएकोले छिटै लाभ लिन ग्राहक महानुभावहरुलाई अनुरोध गरेको छ ।
हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको बिश्वसनीय बैक रहेको बैकले दावी गदै आएको छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend