जन आकाश
नेपलका झापा बिद्रोहका नायका तथा कम्युनिष्ट आन्दोलनका हस्ती साथै नेपालका पुर्व उपप्रधान मन्त्री नेकपा ( माले ) का महासचिव सिपी मैनाली आज महोत्तरीको बर्दीबासवाट सिन्धुली तर्फ आउदै गर्दा रातोखोला भन्ने ठाउँमाा बिपरित तर्फवाट आएको बा ४ च ७६६८ न. को पिकपले महासचिव यात्रारत बा ७ ख २१२० नम्वरको प्राइभेट कारलाई ठक्कर दिदा सक्त घाईते हुनुभएको छ । उहाको टाउकोमा र दाइने खेट्टा पनि फ्याक्चर भएको पहरी कार्यलयले दिएको जानकारी अनुसार अन्यलाई सामान्य चोटपटक माात्र लागेको छ ।
साथै उहासँग उहाको छोरा बुहारी, नाति पनि साथमा रहको जानकारी प्राप्त भएको छ महोत्तरीको जिल्ला प्रहरी कार्यलयले दिएको जानकारी अनुसार महासचिवको अवस्था निक्कै गम्भिर रहेको जानकारी आएको छ । अहिले जनसेवा हस्पिटल महोत्तरीमा उपचार भइरहेको र थप आवश्यक उपचारको लागि हेलिकप्टरद्धारा काठमाडौ लैजानै तयारी गरिरहेको प्रहरी कार्यलयका डिएसपी माघब बुढाथोकीले जानकारी दिनुभएको हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend