जन आकाश
काठमाडाै । नेपाल प्रहरीका तीन प्रहरी नायब महानिरीक्षक डिआइजीको अतिरिक्त महानिरीक्षक एआइजीमा बढुवा सिफारिस भएको छ ।
गृहसचिव महेश्वर न्यौपाने अध्यक्षताको बढुवा सिफारिस समितिले डिआइजीहरू शैलेश थापा क्षेत्री,तारिणीप्रसाद लम्साल, र हरिबहादुर पाललाई बढुवा सिफारिस गरेको हो । अहिलेका डिआइजीमध्ये सबैभन्दा सिनियर उनीहरू नै थिए । एआइजी बढुवासँगै भावी प्रहरी महानिरीक्षकमा क्षेत्री र पालबीच प्रतिस्पर्धा हुनेछ । पहिलो नम्बरमा बढुवा भएका लम्साल हालका प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीकै ब्याची हुन् । उनीहरूले २५ असारमा अवकाश पाउनेछन् । त्यसपछिको अवस्थामा क्षेत्री र पालबीच महानिरीक्षकका लागि प्रतिस्पर्धा हुने देखिएको छ ।
बढुवाको प्रतिस्पर्धामा रहेका निरज शाही, प्रद्युम्न कार्की र सूर्यप्रसाद उपाध्याय छुटेका छन् । उनीहरूमध्ये शाही र कार्कीलाई पनि भावी महानिरीक्षकका दाबेदारका रूपमा हेरिएको थियो । असारमा एआइजीमा बढुवा हुने उनीहरूको सम्भावना भने कायमै छ । उपाध्याय महानिरीक्षक ज्ञवालीकै ब्याची भए पनि डिआइजी बढुवामै पछि परेका थिए । जुनियर डिआइजी रहेका विश्वराज पोखरेलसमेत एआइजी बढुवाको प्रतिस्पर्धामा रहे पनि एआइजीमा उनलाई बढुवा गरिएको छैन ।
एआइजीमा बढुवा सिफारिसउपर एक साताभित्र उजुरी दिन सकिने प्रावधान छ । तर, सिफारिस भने उल्टने कानुनी प्रावधान छैन । जसअनुसार उनीहरू नै बढुवा हुने पक्का छ । विगतमा एआइजी बढुवामा महिनौँ लाग्ने गरेकोमा यसपटक दुई सातामै निर्णय भएको छ । योसँगै तल्लो तहका पदमा पनि बढुवाको तयारी सुरु भएको छ । प्रहरीमा डिआइजीका २२ पद रिक्त भएका छन् । जसमा ३२ असार २०७४ मा एसएसपीमा बढुवा भएका १६ तथा १९ वैशाख २०७५ मा बढुवा भएका १९ जना प्रतिस्पर्धामा छन् । नेपाल प्रहरीमा माथिल्लो पदहरुमा राजनीतिक सरकारको मातहत जसको ह्ुन्छ उसैको प्रभाव बढी हावी हुने गरेको छ । त्यो बिगतको घटनावाट पछिल्लो समय सिस्टममा छिटो छरितो ढंङगवाट पदहरु टुङग्याउदै लगेको देखिन्छ यो पक्ष राम्रो हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend