जन आकाश
दोरम्बा । नेपाली कांग्रेस दोरम्बा गाउँपालिकाको सभापतिमा लबबहादुर थापा मगर चयन हुनु भएको छ । नेपाली कांग्रेस क्षेत्र नं. २ का सचिव होमबहादुर थापा मगरको अध्यक्षता र नेपाली कांग्रेस जिल्ला सभापति लबश्री न्यौपानेको प्रमुख आतिथ्यतामा बसेको नेपाली कांग्रेस दोरम्बा गाउँपालिकाको संघीय संरचना अनुरुप पार्टी संरचनाको समायोजन(गठन) सम्बन्धि वृहत भेलाले शनिवार दोरम्वा गाउँपालिकाको भवनमा सम्पन्न भेलाबाट २७ सदस्यीय दोरम्बा गाउँ समितिमा मगरलाई सभापतिमा चयन गरेको हो ।
त्यस्तै सहसभापतिमा राम कुमार लामा, केशव कुमार लामा, डम्बर तामाङ, राम बहादुर श्रेष्ठ, कुल बहादुर गोले र बद्री नारायण श्रेष्ठ रहेका छन् ।
सचिवमा विक्रम तामाङ (डडुवा), लालबहादुर थापा मगर, सहसचिवमा मिनबहादुर योञ्जन (२ दोरम्बा), विरबहादुर श्रेष्ठ (६ गुन्साल), कोषाध्यक्ष देव थापा मगर (वडा न.३) रहेका छन् ।
त्यस्तै सदस्यहरुमा दिपक थापा मगर (वडा न.६), टंक घिसिङ (वडा न.६), केशर मगर (वडा न.४), श्याम तामाङ (वडा न.४), कुमार महते (वडा न.२), खमला थापा मगर (वडा न.२), राजकुमार श्रेष्ठ (वडा न.५), धम्बा तामाङ (वडा न.१), भिमबहादुर थामी (वडा न.१), छत्रबहादुर दमाई (वडा न.२), सुरेश थापा मगर (वडा न.३), लोकबहादुर वि.क (वडा न.३), कुमार सुनार (वडा न.६), मितबहादुर पहरी (वडा न.२), सपता थापा मगर(वडा न.२) रहेका छन् ।
स्थानीय निर्वाचन सम्पन्न भएको लामो समयपछि नेपाली कांग्रेसले औपचारिक रुपमा गाउँसमिति घोषणा गरेको छ । नेपाली कांग्रेस दोरम्बा गाउँ समितिका सभापति लब बहादुर थापा मगरले पार्टीलाई जनस्तरमा बलियो बनाउन कांग्रेस दोरम्बा गाउँ समितिले सक्रियता बढाउने बताए ।
गाउँपालिका अन्तगत ७ वटै वडाका विभिन्न टोलहरुमा टोल समिति गठन गर्दै पार्टीको संगठन विस्तार गरिने मगरले बताउनुभयो ।
भेलामा उपसभापति जितेन्द्र मोक्तान, महासमिति सदस्य विरबहादुर तामाङ, गंगा अधिकारी, महाधिवेशन प्रतिनिधि दिपक लामा, ने.का जिल्ला कार्य समिति प्रवक्ता नारायण खड्का, गौतम लामा, मुक्त बहादुर महते, मान बहादुर लामा, कविन्द्र तामाङलगायतको उपस्थित रहेका थिए ।
प्रस्तुती : गणेशबहादुर थापा मगर

© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend