logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

नेकपा (माले) का महासचिव दुर्घटना नियोजित भएको मालेको दावी


  • जन आकाश
  • आइतबार, फाल्गुन १८ २०७६

बिहीवार भएको कार दुर्घटनामा परि गम्भीर घाइते हुनुभएका नेकपा ( मालेका) महासचिव सिपी मैनालीलाई नियोजित ढंगबाट दुर्घटना गराएको हुन्सक्ने भन्दै नेकपा (माले)ले उक्त घटनाको निस्पक्ष छानबिन गरि दोसिलाइ कारवाइ गर्न माग गरेको छ।



हिजो पाटीले बिज्ञपति निकालेर आधिकारिक धारणा सार्वजनिक गरेको हो ।

महासचिव भाइको छोरिको बिबाहमा परिवार सहित झापा जानू भयको थियो र काठमाडौ फर्कने क्रममा महोत्तरीको कालापानी भन्ने ठाउँमा बिपरित तर्फबाट आएको योद्धा पिकप भ्यानने ठक्कर दिदा महासचिव, महासचिवका बुहारी पुजा ढुंगाना मैनाली , नाति एन मैनाली, डाइभर राम प्रसाद पौडेल घाइते भएका थिए । कारमा सवार ५ जना मद्य महासचिवका छोरा सौरभ मैनाली मात्र सकुशल रहेका थिए ।

महासचिवको दाइने खुट्टामा गम्भीर समस्या भएको कारण खुट्टा अप्रेसन गरेर मिलाएको छ । भने उहाकी बुहारी पुजाको दुबै खुट्टा फ्याक्चर भएको कारण स्टिल हालिएको छ। डाइभरको नाकको डाडी भाचिको छ उनको पनि सर्जरी गरिएको छ ।

सानो ५ बर्से एन मैनालीको खुट्टामा फ्याक्चर भएको छ उनको खुट्टामा प्लास्टर गरिको छ। अहिले चारै जनाको ग्राण्डी हस्पिटलमा उपचार भैरहेको छ।
बिपी राजमार्गमा यात्रारत महासचिवको बा ७ ख २१२० न. को गाडीलाई बा ४ च ७६६८ न.को पिकपले ठक्कर दिदा उहाहरु घाईते हुनुभएको हो । ठक्कर दिने पिकपको चालकलाई बर्दिबासमा प्रहरीद्धारा नियन्त्रण गरी आवाश्यक कारवाही चलाएको चलाइरहेको प्रहरी कार्यलयका डिएसपी माघब बुढाथोकीले जानकारी दिनुभयो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend