logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

नेकपा (माले) काठमाडौं जिल्ला कमिटीले महासचिव दुर्घटनाको छानबीन माग ग¥यो


  • जन आकाश
  • आइतबार, फाल्गुन १८ २०७६

 



काठमाडौ ।
यहि १५ गते पार्टीका महासचिव सिपी मैनाली पारिवारिक कामवाट काठमाडौं फर्कने क्रममा महत्तरी र सिन्धुलीको साघमा भएको दुघटनाको सत्य तथ्य छानबीन गरी जनता समक्ष सार्वजानिक गर्न नेकपा ९माले० काठमाडौं जिल्ला कमिटीले माग गरेको छ । साथै दोसीलाई कारवाही गर्न पनि माग गरेको छ ।
साथसाथै घाइते महासचिव लगायत उहाको परिवार र चालक राम प्रसादको पनि सिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
रामेछापले पनि निकाल्यो बिज्ञप्ति
त्यसैगरी रामेछाप जिल्ला कमिटीले पनि महासचिवको स्वास्थ्य लाभको कामना गदै आज एक बिज्ञप्ति जारी गदै स्वास्थ्य लाभको कामना गरेको छ । रामेछाप, दोलखा इन्चार्ज मोहन कार्कीको हस्तक्षर रहेको प्रेस बिज्ञप्तिमा भनिएको छ । नेपालमा राजनीतिक दुर्घटन पटक पटक हुदै गइरहेका र मदन भण्डारी देखि उच्च तहका दुघटना बीरेन्द्रको राज परिवार हत्या काण्डदेखि अहिले पछिल्लो समय हाम्रा नेकपा (माले) का महासचिवको दुर्घटना पनि नियोजित नहोला भन्न सकिन्न त्यसैले यस्ता उच्च तहका दुर्घटनाहरु प्रति बिगतको जस्तो घटनाहरु नहुन भनेर नयाँ ढंङगवाट अनुसन्धान गर्नु पर्ने पनि रामेछाप कमिटीले उल्लेख गरेको छ ।
भक्तपुर जिल्ला कमिटीको बिज्ञप्तिमा यस्तो छ ।
त्यसैगरी ललितपुर जिल्ला कमिटी, भक्तपुर जिल्ला कमिटीले पनि महासचिवको सिघ्र स्वास्थ्यलाभको कामना गरेको छ साथसाथै सत्य तथ्य छानबीन गर्न जोडदार माग गरेको छ ।
नेकपा (माले)का महासचिवलाई प्रधानमन्त्रीले पनि भेटे
नेकपा (माले)का सवारी दुर्घटनावाट घाईते हुनुभएका महासचिवलाई भेट्न प्रधानमन्त्री लगायतको टोली आइतवार ग्रयाण्डी पुग्नुभएको थियो । त्यसैगरी सभामुख अग्नि सापकोटा, उपप्रधानमन्त्री इश्वर पोखरेल, स्वास्थमन्त्रि भानुभक्त ढकाल, पुर्वप्रधानमन्त्रि बावुुराम भट्टराई, पुर्व मन्त्री हिसिला एमी, नेकपा मसाल का महामन्त्री मोहनबिक्रम सिंह, राजमोका अध्यक्ष चित्र बहादुर केसी, नेकपाका अध्यक्ष ऋषि कट्टेल, नेपाली काँग्रेस वीपी का अध्यक्ष हरिवोल भट्टराई, प्रज्ञाप्रतिष्ठानका कुलपति गंगा उप्रेती लगाएतका शिर्ष ब्यक्तित्वहरुले ग्राण्डी अस्पतालमा पुगि उहाँको स्वास्थ अवस्था बुझ्नुका साथै शिघ्र स्वास्थलाभको कामना गर्नु भएको छ ।
महासचिव लगायतको शनिवारवाट आईसियुवाट हाई केयरमा सारेर उपचार भइरहेको छ । नेकपा( माले) यतिवेला निक्कै अभिभावक बिहिन भएको छ । यता दश दलीय मोर्चामा अग्रभागमा भुमिका निर्वाह गदै आएको पार्टी नेकपा (माले)का महासचिव दुर्घटनामा परेपछि नेपालको भारतले मिचिईएको भुभाग र अमेरिकन विवादित सहयोग एमसिसिको बिरुद्ध आन्दोलनलाई समेत धक्का पुगेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend