जन आकाश
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि राष्ट्रियसभा गृहमा जुत्ता प्रहार भएको छ । जुत्ता प्रहार गर्ने ब्याक्ति पुर्व जनमुक्ति सेना भएको भनिए पनि पुष्टि हुन बाकी रहेको छ ।
आज नेकपाका स्वर्गीय नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा संबोधन गरेर सिटमा फर्किने क्रममा दर्शकदीर्घाबाट उनलाई ताकेर जुत्ता प्रहार भएको थियो तर जुत्ताले प्रचण्डलाई लागेन
जुत्ता प्रहार गर्ने व्यक्तिलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको छ । उनको परिचय खुलाइएको छैन ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend