जन आकाश
यस पृथ्विमा जन्म लिएका थोरै मान्छेहरुको मात्र इतिहाँसमा नाम दर्ज हुन्छ । रहर त सवैलाई हुन्छ नाम, दाम कमाउने तर जसले मेहेनत गर्छ साथसाथै समयले पनि साथ दिनुपर्छ । त्यस्तै एक सफल उदारणीय ब्यवसायी बनीसक्नु भएका कृष्ण प्रसाद दुलाल जो नाडा एशोसिएसन नेपालका अध्यक्ष पनि हुनुहुन्छ ।
उहाको जन्म साविकको राजघाट, गा.वि.स. २ मोरङमा भएको हो । राधिका माध्यमिक बिद्यलयवाट अध्ययन शुरु गर्नुभएका दुलाल सानै देखि जुनसुकै काम गर्दा मेहनतका साथ गर्नुहुन्थ्यो रे त्यसैको परिणाम राम्रो अङ ल्याएर स्कुल लेवल सकेपछि महेन्द्र मोरङ कलेजवाट ग्रायुजेशन गरेपछि २०४९ सालवाट ब्यवसाय शुरु गर्नुभएका दुलालले मेशिनरी, लुब्रीकेट, अटोमोबाइल्स, स्पेयर पार्टस, टायर संचालन गदै अहिले सफल ब्यवसायीको रुपमा परिचित हुनुहुन्छ । ब्यवसाय सँगसँगै नाडा अटोमोबाईल्स एशोसिएसन अफ नेपालको अग्रेजी बर्ष २०११ सालमा प्रवेश गर्नुभयो र दुई कार्यकालसम्म कोषाध्यक्ष हुनुभयो । जाहापनि मेहनका साथ काम सम्पादन गर्ने क्षमता भएका दुलालले नाडामा पनि राम्रोसँग संस्थाको हित साथसाथै ब्यवसायीका समस्याको सावधानमा राम्रो भुमिका खेल्न सकेकै कारण क्रमशः २०१५ मा नाडाको साधरणसभावाट महासचिव, २०१७ मा उपाध्यक्ष र २०१९ मा भएको नाडाको साधरणसभावाट अध्यक्ष हुनुभएको हो ।
उहाको जीवनका अनुभव र नाडा क्षेत्रको बिषयमा जन आकाश साप्ताहिकका प्रधान सम्पादकले मोहन कार्कीले लिनु भएको अन्र्तवार्ता ।
तपाई नाडाको अध्यक्ष भईसकेर आएपछि भए गरेका कार्यक्रमको बारेमा बताईदिनुसन ?
नाडाको निर्वाचनवाट म अध्यक्ष भएर आएको करिबन झण्डै १०० दिन पुगेको छ । यस अवस्थासम्म आईपुग्दा नाडाले आफ्ना सदस्यहरुको हकहित गदै ब्यवसायलाई प्रबन्धन गर्ने काममा गर्नुपर्ने हुन्छ त्यो काम गदै आएका छौ । पछिल्लो समय ब्यवसायमा केही सिथिलता आएको ब्यवसायमा कमी आएको हुनाले हामीले सम्बनिधत निकायहरुसँग भेटघाट ग¥यौ । के कारणले अटोक्षेत्रमा बिक्री कम भैईरहेको छ भनेर हामीले अध्ययन गर्दा काहा गएर ठोकियो भने लगानीमा गएर समस्या आएको पायौं । बैंकले सहजै लोन नदिने ५० प्रतिशत पेमेन्ट डाउन गर्नुपर्ने ब्याज पनि महगो भएको बिभिन्न कानुन, ऐन, नियम थुपारिएको कारणले कुनैपनि ब्यवसायीले अटोमोबाईल्सका सवारी साधन खरिद गर्न नसक्ने बाताबरण बनेको पाएपछि हामीले भन्सर, कर, राष्ट्र बैंक, अर्थ मन्त्रालय सवै तिर गएर हामीलाई परेको समस्या लिएर भेटघाट ग¥यौं । उहाहरुसँग भेटघाट गरेर छलफलमा बस्यौ उहाहरुले पनि महसुस गर्नु भएको छ । यसले राजश्वलाई पनि असर पारेको छ । बिक्री कम हुनु भनेको राजश्व पनि कम हुनु हो भनेर केही न केही महसुस हुने गरि सम्वोधन गछौं अटो क्षेत्र नेपालको राजश्व क्षेत्रमा १५ प्रतिशत क्षेत्र ओगटेको क्षेत्र बिसौ लाखलाई रोजगार दिईरहेको क्षेत्र यो क्षेत्रलाई पनि सगालेर अगाडी बढाउनुपर्छ यसलाई निकास दिईएन भने यसले पनि अर्थतन्त्रमा असर गर्छ यसलाई पनि निकाश दिनुपर्छ भन्ने सम्बन्धित निकायहरुको सकरात्मक जबाफ आएको छ । हामी पतिक्षारत छौं । केही दिनमा सम्बोधन होला भन्ने आशा पनि हामीले राखेका छौं । मलाई लाग्छ अटो मोबाईल्सको हितमा गर्नुपर्ने पहिलो कत्ब्य हो र हामी यो काम गरिराखेका छौं ।
यसरी नै आटोमोबाईल्स क्षेत्रलाई अगाडी बढाउनको लागि नेपालभरी रहेका ७ वटा प्रदेशहरु छन् यी सातवटै प्रदेशमा जसरी अटोमोबाईल्सको बिस्तार भएको छ त्यसरी नै नाडा अटोमोबाईल्सको बिकाश गर्नुपर्छ र त्यहा भएका ब्यवसायीहरुलाई पनि नाडामा अपनत्व हुनेगरी नाडामा काम गर्नुपर्छ भन्ने हिसावले हामी ७ वटै प्रदेशहरुमा संस्थागत सदस्यहरुको बिकाश गर्ने, सस्थागत सदस्यहरुको माध्यमवाट अटोमोबाईल्सको हित गर्ने भन्ने हिशावले हामीले ५ वटा प्रदेशमा सस्थागत सदस्यहरु बनाईसकेका छौं केही प्रदेशहरुमा बाकी छ । ७ वटै प्रदेशवाट प्रत्यक्ष नाडामा आउने गरी प्रतिनिधित्व गर्नेगरि नडाले हरेक बर्ष सस्थागत क्षेत्रहरुमा गएर कार्यक्रम गर्ने प्रशिक्षण गर्ने, कार्यक्रमहरु गर्ने, त्यहाको व्यवसयीहरुलाई पनि आत्म सम्मानका साथ अपनत्व लिर्न सक्ने ब्यवहार दिनुपर्छ भनेर हामी लागिरहेका छौं यो दोस्रो एजेण्डा अनुसार हामी काम गरिरहेका छौं ।
तपाईहरु पछिल्लो समय सम्बन्धित निकायमा डेलिगेशन गइसक्नु भएको छ । उहाहरुवाट के पाउनु भयो र अस्ति भरखरै भारतमा भएको दक्षिण एसियालीस्तरको भारतको दिल्ली एक्स्पोमा भाग लिएर आउनु भयो भारत र नेपाल अटो क्षेत्रको फरक के पाउनु भयो ?
मैले अघि माथि पनि भनिसके नेपाल सरकारवाट आउनुपर्ने जवाफको बिषयमा उहाहरु ब्यवसाय टिकाउने र ब्यवसायलाई प्रबधन गर्नुपर्छ भन्ने उहाहरुको भनाई पछिल्लो जानकारी अनुसार हामीले पाएका छौं ।
अर्को तपाईले भन्नु भए जसरी हाम्रो नेपाल र भारतको कुरामा हामीले नेपालमा कतिपय अन्य देशवाट आयत गरेर ल्याएका अटोको साधनहरु, स्पेयर पार्टस,टायरहहरु र कतिपय नेपाल मै उत्पादन भएका लुब्रीकेट लगायत एकैठाँउमा देशभरीका व्यवसायीहरुलाई राखेर नाडा अटो शो गछौं र ब्यापार प्रबन्धन गछौ । ब्यापार प्रबन्धन पनि हुन्छ । ज्ञानको कुरा पनि हुन्छ । बिक्री पनि हुन्छ अटो क्षेत्रमा एक अर्का प्रति सम्बन्ध पनि बिस्तार हुन्छ ।
त्यस्तै भारतमा पनि बर्षमा दिल्ली एक्स्पो हुन्छ । यसपाली सौभाग्यले भन्नुपर्छ म अध्यक्ष भईसकेपछि भारतको अटोमोबाईल्स एशोसिएसनले एउटा बृहत कार्यक्रम गछौं भनेर हामीलाई निमन्त्रण गर्नुभयो यो भन्द अगाडी हामीले उहाहरुसँग धेरै पटक मिटिङ गर्न प्र¥यास गरेका थियौ उहाहरुलाई पनि हाम्रो अटो शो मा बोलाउने हामी पनि उहाहरुको अटो शो मा जाने एक अर्का प्रति सहकार्य गर्न चाहिरहेका थियौ । त्यो हाम्रो सौभाग्य मिलेको छ र हामीले त्यहा भाग लियौ । भाग लिदा के कुरा थाहा भयो भने त्यहा स्पेयर पार्टस र अटोको पार्ट अलग अलग हुदो रहेछ । अलग अलग एक्स्पो हुदा नोयडामा चै म्यानमारको, श्रीलंङकाको बगलादेशको सवै देशको ब्यवसायी भेला भएको अवस्थामा साउथ एसियन फोरम भन्ने गठन गर्नुपर्छ त्यो गठन गरिसकेपछि समग्र देशका समस्याहरु हरेक प्राय प्राय त्यस्तै देखियो हामीले नेपालमा जस्ता समस्याहरु छन् भुटानमा पनि श्रीलंङका, म्यानमारमा, बगलादेशमा पनि समस्या देखिए हाम्रोमा जस्तो भन्सार नलागे पनि अरु कुराहरुमा निती नियम, भष्ट्रचार लगायतका समस्या एउटै खालको देखियो उहाहरु सवैले यो समस्या हामी अटो ब्यवसायीले मात्र सावधान गर्न सक्दैनौ हामी अटो ब्यवसायी प्लस सरकारका केही प्रतिनिधि राखेर दुवै तर्फ यो कुराहरु राख्नुपर्छ र त्याहा भेला भएका सवै देशका व्यवसयीहरु राजी भएका छौं र सवै देशका प्रतिनिधि पनि त्यहा हुनुहुन्थ्यो त्यसको नेतृत्व भारतले गरेको थ्यो भने हाम्रो देशवाट ५÷६ जना प्रतिनिधित्व गरेका थियौं । समग्र यसवाट के निस्कर्ष निस्केको छ भने अवका मिटिङहरुमा सरकारका प्रतिनिधिहरुलााई सहित लिएर महत्वपुर्ण मिटिङ गर्नुपर्छ भन्ने कुरा भएको छ त्यसको लागि कानुनी रुपमा गर्नुपर्ने कुराहरु छन् यि सवै पुरा गरिसकेपछि सायद म्यानमारमा हाम्रो दोस्रो मिटिङ हुन्छ त्यो मिटिङ पछि कार्यक्रमले एउटा मुर्त रुप लिएर अगाडी बढ्छ भन्ने मलाई लाग्छ ।
नेपालमा हरेका बर्ष अटो शो हुदै आएको छ । हुन्छ । तपाईले भारतमा भएको अटो शो हेर्दा उनिहरुको त आफ्नै देशका उत्पादनरु पनि देख्नु भयो होला । त्यो हेरिरहदा नेपालले पनि आफ्नो उत्पादन गर्न पाए हुन्थ्यो जस्तो लागेन ?
उनिहरुको १० बर्षपछि कस्ता खालका उत्पादन बजारमा दिने भन्ने हुन्छ हाम्रोमा अरुवाट ल्याएर बर्षभरिमा कसरी ब्यवसाय गर्ने भन्ने हुन्छ फरक याहा देखिन्छ । तर पनि नेपालले पनि आफ्नो उत्पादन गर्नुपर्छ अटो क्षेत्रमा केही भएन भने पनि अटो स्पेयर्स उत्पादन गर्नुपर्छ टायर र लुब्रीकेट त याहा उत्पादन भइरहेकै छन् । गोरखाली टायर बन्द अवस्थामा छ । केही साना टायर उधोगहरुले उत्पादन भइरहेका छन् । लुब्रीकेटमा १० वटा उधोगहरुले उत्पादन गरेर देशलाई आत्म निर्भर बनाईसकेका छन् । यसमा सरकारले अलिकति सहजीकरण गरिदिने हो भने राष्ट्रलाई ठुलो योगदान पु¥याउन सक्छ । सरकारसँग हामीले माग पनि के गरेका छौं भने राष्ट्रिय उधोगहरु जोगाउनको लागि भन्सार नीतिहरु परवर्तन गर्नुपर्छ होला ।
सरकारले त्यो गरिरहेको पनि छ अस्ति कागजमा पनि त्यस्तै नीति बनाएका देख्यौ बाहिरवाट आएका पुस्तकहरु छन् भने त्यस्तामा भन्सार बढाउने त्यसले देशभित्र रहेका उधोगहरुलाई संक्षण नै दिन्छ ।
त्यस्तै हामीले के भनेका छौं भने आयात गर्दा भन्सारमा क्वालीटियुक्त सामानलाई मात्र प्रथामिकता दिऊ हाम्रो देशलाई अरुमा फेल भएका गाडीहरु ल्याएर डम्पिङ साइड नबनाऊ ईलेक्ट्रिक गाडीहरु कतिपय गुणस्तरहिन छन् भन्ने सुनिएको छ । त्यो गुणस्तरहिन हुनुभएन । गुणस्तर भएका सामान र याहा आधिकारिका बिक्रेता भएका बिक्रीपछि सेवा पनि पाउने गरी त्यो ग्यारेन्टी पाउने त्यो क्षमता भएका बिक्रेताहरुलार्इँ मात्रै आयत गर्ने लाईसेन्स दिनुपर्छ क्वालिटीको सवालमा त्यो स्पेयर पार्टसमा, लुब्रीकेटमा पनि लागुहोस साथै तपाईले भने जस्तै नेपालमा लुब्रीकेट स्पेयर पार्टस, टायर अटो याही बनाउन पर्छ याहा दुईपाग्रे एसम्बलिङका काम त हुदै आएका छन् त्यसैगरी चारपाग्रेको पनि गर्न सकिन्छ । त्यस्तो नहुनजेलसम्मको लागि बजार प्रबन्धन गरेर काम चलाउनुपर्छ । हामीसँग सम्भावना भएका उर्जा, जलबिधुतलाई बिकाश गर्ने हो । पर्यटन त्यतिकै मात्रमा अथाहा छ । यो पर्यटनलाई हामीले बिकाश गर्ने हो । कृषि हामीसँग अथाहा छ कृषिलाई हामीले बिक्री गर्ने हो । अटो मोबाइल्सले कृषिलाई पनि टेवा पु¥याएको छ । पर्यटनलाई पनि पु¥याएको छ । उर्जालााई पनि पु¥याउको छ । सवै क्षेत्रमा आ–आफ्नो उत्तिक्कै महत्व छ त्यो रोल अटोमोबाइल्सले जोडेको छ । आर्थिक समृद्धिको लागि अटो मोवाईल्स बिना कल्पना पनि गर्न सकिदैन ।
नेपालमा अझै धेरै सडकको संचना बन्न बाकीछन् अटोमोवाइल्सको सम्भावना अझै छ । तर व्यवसायी त ब्यापार छैन भनेको भन्यै छन् ।
मैले माथि भनेका कुराहरु साहायक हुन मुख्य भनेको सडक र सुरक्षा नै पहिलो प्रथामिकता हो अटो क्षेत्रको सरकारले अस्थाई नीतिले अटो क्षेत्र घटन पनि सक्छ बढ्न पनि सक्छ । भन्सार बढायो भने केही घटन सक्छ । सहज भयो भने केही बिक्री बढ्न सक्छ । तर सडक नै भएन भने त हाम्रो बिक्री बढ्दैन । समग्रमा बिक्री बढ्नको लागि त सडक चाहिन्छ । जनसंख्याको बृद्धि जतिप्रतिशतले हुन्छ सडकको बृद्धिपनि त्यति प्रतिशतले हुनुपर्छ हाम्रोमा २० सौ बर्षदेखि केही सडक पीच हुने बाहेकका सडक बिस्तार भएकै छैनान् । लोकमार्गको कुरा परिकल्पना गरिएको छ त्यो बन्ने क्रममा छ । नयाँ रिङरोड बन्ने कुरा गरेको हामीले सुनेका छौ त्यो भाको छैन । खोलाका करिडोरहरु बनेका छैनान् । धेरै बर्षदखि पुलहरु अलपत्र अवस्थामा छन् तपाई हामीले देख्छौ कालीमाटीको एउटा पुल बन्द गरेर राखिरहेको अवस्था छ । त्यो सरकारले बनाउने हो या नबनाउने सरकारले क्लियर गर्नु प¥यो । नबनाउने हो भने भत्काएर फ्याक्नु प¥यो । खाली बाटो नै नभएपछि देशमा यातायात आउन सक्दैन त्यसैकारण समृद्धि आउन सक्दैन ।
अहिले पनि तपाई उधोग बाणिज्य महासंघको केन्द्रीय सदस्य हुनुहुन्छ आउदो ५४ औ साधारणसभा हुन गइरहेको छ । यो पटकको लागि तयारी कस्तो छ ?
अव उधोग बाणिज्य संघको चुनाव आउन लागेको छ । यो सधारणसभा पनि हो यो साधारणसभामा पनि म केन्द्रीय सदस्य लड्दै छु । एशोसिएट्स क्षेत्रवाट म केन्द्रीय सदस्यमा लडदै छु । यो भन्दा अगाडीको कार्यकालमा पनि केन्द्रीय सदस्यमा थिए । उधोग बाणिज्य महासंघको बिधान अनुसार कुनैपनि सदस्यले दुईकार्यकाल कार्यसमितिमा पुगेपछि मात्र पदाधिकारीमा जान सक्ने रहेको हुदा दुई कार्यकाल हामी सदस्य मै रहनुपर्ने हुन्छ । बरिष्ठ उपाध्यक्ष सेखर गोल्छा करिबन २ महिनामा स्वत अध्यक्ष बन्दै हुनुहुन्छ उहाँको अध्यक्ष कार्यकाललाई सफल बनाउनका लागि जे जस्तो आवाश्यक टिम, ब्याक्तित्वहरु आवाश्यक पर्छ त्यस्ता ब्यक्तित्वहरुलाई ल्याएर जिताएर याकटिभ बनाएर अगाडी बढाउनुपर्छ भन्ने पक्षमा लागेर म काम गरिराखेको छु ।
मैले आफ्नो कत्ब्य पनि निर्वाह गदै आएको छु । म उधोग बाणिज्य संघको राजश्व कमिटीमा थिए । राजश्वको उपसभापति भएर ब्यवसायका सम्पुर्णको हकहित संक्षण्का लागि बिभिन्न खालका परेका उजुरीहरुको सावधान गर्न भन्सारसँग, आयकरसँग, राजश्व अनुसनधानको कार्यलयमा गएर हाम्रा कामहरु गरेको छौं छलफल, अन्तरक्रिया गरेका छौं । मेरो कत्ब्य जे जे पुरा गर्नुपर्ने थियो उधोग बाणिज्य महासंघमा त्यो मैले पुरा गरेको छु । त्यो नाडाको मार्फत पनि गरेको छु । उधोग बाणिज्य महासंघको तर्फवाट पनि गरेको छु र अवपनि गर्ने छु । सेखर गोल्छाको टिमलाई सहयोग गरेर अगाडी बढाएर उहाको कार्यकाललाई सफल बनाउनको लागि म लागि पर्ने छु ।
अन्तमाः मलाई यो महत्वपुर्ण समयमा तपाईहरुको यो लोकप्रीय जन आकाश मिडिया मार्फत मेरा अनुभव र धारणाहरु राख्ने मौका दिनुभयो त्यसका लागि धन्यवाद दिन चाहान्छु ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend