जन आकाश
काठमाडाै । नेकपा (माले) को पोलिटब्युरोको विस्तारित बैठक स्थायी कमिटी सदस्य क.डम्बर श्रेष्ठको अध्यक्षतामा २०७६ फागुन २०–२१ गते पार्टी केन्द्रीय कार्यालय, रातोपुल, काठमाण्डौमा सम्पन्न भएको छ ।
उक्त बैठकले गरेका निर्णयहरु यस प्रकारछन् ।
१. फागुन २१ गते सुखानी सहिद दिवश, बैठकले सर्वप्रथम सुखानीका वीर शहीदहरू लगायत ज्ञात–अज्ञात सम्पूर्ण शदीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै वहाँहरूले देखाएको बाटोमा अविचलित रहने पुनप्रतिवद्धता ब्यक्त गरेको छ ।
२. बैठकले पार्टी महासचिव क.सी.पी.मैनाली पर्नु भएको सडक दुर्घटना अस्वभाविक र नियोजित रहेको ठहर गर्दै महासचिव लक्षित सो दुर्घटना एम्.सी.सी.सम्झौता खारेजी र भारतद्वारा कब्जा गरिएको नेपालीभूमि फिर्ता गराउनका लागि जारी आन्दोलनको नेतृत्वलाई भौतिकरुपबाटै समाप्त पार्ने नियतले गराईएको त होइन ? भन्ने गम्भीर प्रश्न उत्पन्न भएको छ । तसर्थ यस दुर्घटनाको सीआईबीद्वारा जाँच गराउन सरकारसँग माग गर्ने र पार्टीको गठित कार्यदलद्वारा जनस्तरबाट छानबनि गराउने स्थायी कमिटीको निर्णयलाई अविलम्ब कार्यान्ववयनमा लैजाने निर्णय गरेको छ ।
३. एम्.सी.सी.सम्झौता खारेजी र भारतद्वारा कब्जा गरिएको नेपाली भूमि फिर्ता गराउनका लागि नेकपा (माले) सहित देशमा कृयाशील दश राजनीतिक दलद्वारा बिभिन्न चरणका बिरोध कार्यक्रमहरू भइरहेको कुरा सर्वविदित नै छ । नेकपा (माले) एम्.सी.सी.सम्झौता खारेज र भारतद्वारा कब्जा गरिएको नेपाली भूमि फिर्ता नभएसम्म आन्दोलन तथा संघर्षको मैदानमा डटिरहनेछ । हाल मिति २०७६ फागुन २२ गते निर्धारित बिरोध कार्यक्रमको सन्दर्भमा सह–आन्दोलित दलहरू नेकपा (मसाल) र देशभक्त जनगणतान्त्रीक मोर्चाले केहि आन्तरिक सांगठानिक कार्य समेतका कारणले हाललाई स्थगित गर्नुपर्ने सुझाव प्राप्त भएकोले हाललाई उक्त कार्यक्रम स्थगित गरिएको जानकारी पनि गराएको छ ।
४. बैठकले प्रधानमन्त्री केपी ओली मृगौला प्रत्यारोपणको क्रममा रहनु भएकोले प्रत्यारोपण कार्य सफलतापूर्वक सम्पन्न होस् भनी वहाँको शिघ्र स्वास्थलाभको कामना गर्दछ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend