जन आकाश
काठमाण्डौ । प्रधानमन्त्री केपी ओलीको मिर्गौला प्रत्यारोपण सम्पन्न भएको छ । काठमाडौंको त्रिवि शिक्षण अस्पताल महाराजगंजमा आज प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सम्पन्न भएको हो ।
दोस्रोपटक मिर्गौला प्रत्यारोपण भएका कारण जोखिमपूर्ण हुने आशंका गरिएको थियो । तर उनको प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएपछि शुभचिन्तकहरु अत्यन्तै हर्षित भएका छन् । प्रधानमन्त्री ओलीको उच्च मनोवल र दृढ आत्म विश्वासका कारण पनि प्रत्यारोपण सफलतालाई सहयोग मिलेको ठानिएको छ । नयाँ मिर्गौला प्रत्यारोपण गरिएसँगै प्रधानमन्त्री ओलीको शरीरमा चारवटा मिर्गौला भएको छ ।
ओली गत सोमबार नै अस्पताल भर्ना भएका थिए । ओलीलाई बुधवार विहान १० बजे अपरेशन थिएटरमा लगिएको थियो ।
प्रां.डा. प्रेमराज ज्ञवाली नेतृत्वको चिकित्सक टोलीले प्रधानमन्त्री ओलीको दोस्रो पटक
मिर्गौला प्रत्यारोपण गरेको हो । मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओलीसँगै मिर्गौला दान दिने उनकी भान्जी समीक्षा संगौला पनि सोमबार नै अस्पताल भर्ना हुन्भएको थियो । ओलीको ०६४ मा पहिलो पटक भारतको दिल्लीस्थित एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । पहिलो पटकको प्रत्यारोपणमा प्रधानमन्त्री ओलीलाई चितवन निवासी भाइबुहारी अन्जना घिमिरेले मृगौला दान दिनुभएको थियो पहिलो पटक मृगौला प्रत्यारोपण गरेका भारतीय चिकित्सक प्रा.डा. अनन्त कुमार पनि दोस्रो पटकको प्रत्यारोपणमा डा. ज्ञवालीसंगै सहभागी हुनुभएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend