logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

एन आई सी एशियाकाे होलीमा अफरै अफर


  • जन आकाश
  • बिहिबार, फाल्गुन २२ २०७६

 



काठमाडाै ।
एन आई सी एशिया बैंक लिमिटेडले होली पर्वलाई लक्षित गरी मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूका लागि विशेष योजना अघि सारेको छ । बिषेश योजना अन्तर्गत मोबाइल बैंकिङ्ग प्रयोग गरी २०७६ फागुन २६ र २७ गते कारोबार गर्दा २०० जना भाग्यशाली ग्राहकहरुले १०० प्रतिशत वा अधिकतम रू. ५,०००÷ सम्म नगद फिर्ता प्राप्त गर्न सक्ने छन् । बैंकले ल्याएको निःशुल्क डेबिट कार्ड र मोबाइल बैंकिङ्ग सेवा सुचारु गरी दैनिक मोबाइल रिचार्ज, विद्युतीय महसुल भुक्तानी, हवाई टिकट, होटल तथा रेष्टुरेन्टहरूमा छुट, विभिन्न अवसर तथा चाडपर्वका बेला बैंकले ल्याएका छुट अफरहरू आदिको उपयोग गरी ग्राहकहरुले पर्याप्त फाइदा उठाउदै आएका छन् । थप मोबाइल बैंकिङ्ग प्रयोग गर्दा मासिक रू. १५,४००÷ सम्म तथा डेबिट कार्ड प्रयोग गरी मासिक रू. ६,०००÷ सम्मको लाभ ग्राहकहरुले लिदै आएका छन् । छ िडिजिटल फस्टको रणनीति अवलम्बन गरी डिजिटल बैंकिङ्ग क्षेत्रमा अग्रणी बैंकका रुपमा स्थापित हुन सफल भैसकेको बैंक विभिन्न छुट तथा नगद फिर्ता अफरहरूका साथ आक्रमक रुपमा अघि बढिरहेको बैकले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend