logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

नेकपा (माले)का महासचिवलाई हस्पिटलमा पुगेर केन्द्रिय सदस्य मोहन कार्कीको नेतृत्वमा रामेछाप जिल्ला कमिटीले गरे स्वास्थ्य लाभको कामना

महासचिव र केन्द्रिय सदस्य कार्कीबीच ५ मिनेट यस्तो भयो कुराकानी


  • जन आकाश
  • शनिबार, फाल्गुन २४ २०७६

नेकपा (माले) का महासचिव सिपी मैनालीलाई आज नेकपा (माले)का केन्द्रिय सदस्य मोहन कार्किको नेतृत्वमा गएको रामेछाप कमिटी र शुभचिन्तक टोलिले ग्रान्डी हस्पिटलमा पुगि महासचिवलाई शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन ।



कार्की र महासचिव ५ मिनट कुराकानी

कार्किले महासचिवलाई रामेछाप जिल्ला कमिटीको तर्फबाट शीघ्र स्वास्थ्यलाभको कामना सुनाउनु भएको थियो। र पार्टीको जिल्लामा राम्रो काम भइरहेको बताउनु  भएको थियो महासचिवले संवाद गर्दै उत्साहका साथ मेरो स्वास्थ ठिक हुँदै छ । तपाईंहरुले मेरो स्वास्थको कामना गर्नु भएकोमा धन्यवाद भन्नुहुदै छिटै म हस्पिटलवाट डिस्चार्ज हुँदै छु । रामेछापका मलाई स्वास्थलाभको कामना  गर्नुहुने सबैलाइ तपाई मार्फत धन्यवाद भनिदिनु होला भन्नुभयो

त्यसपछी धेरै समय बोलचाल गर्न नमिल्ने भएको हुनाले पार्टिका स्थाइ कमिटी सदस्य तथा सङ्गठन बिभाग प्रमुख डम्बर श्रेष्ठले महासचिवलाई बढी आराम चाहिन्छ भनेर सुनाउनु भएपछि कार्किको टिम फर्किएको थियो।

महासचिव झापावाट काठमाडौं आएको क्रममा यहि फागुन १५ गते महोत्तरीको रातु खोला भन्ने ठाउँमा कार दुर्घटनामा पर्नु भएको थियो । अहिले ग्रण्डीको ९००१ को बेडमा उपचार गराईराख्नु भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend